ब्रिसबेन- जिम्बावेविरुद्ध पाकिस्तान २० रनले विजयी भएको छ। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। जवाफी ब्याटिङ गरेको जिम्बावे २ बल अगावै अलआउट हुँदै २ सय १५ रनमात्र बनाउनसक्यो।जिम्बावेका लागि ब्रेन्दन टेलरले सर्वाधिक ५० रन बनाए। त्यस्तै इल्टन चिगुम्बुराले ३५, सिन विलियम्सले ३३, ह्यामिल्टन मासाकाट्जाले २९ रन बनाए। पाकिस्तानका लागि मोहम्मद इरफानले र अहब रियाजले ४-४ विकेट लिए।
यसअघि पाकिस्तानका लागि मिसाब उल हकले सर्वाधिक ७३ रन बनाए। त्यस्तै अहब रिहाजले अविजित अर्धशतक प्रहार गरे। १ सय २१ बलमा ३ चौकासहित ७३ रन बनाएका मिसाब विलयम्सको बलमा चतराबाट क्याच भए। अहबले भने विस्फोटक ब्याटिङ गर्दै ४६ बलमा एक छक्का र छ चौकासहित ५४ रन बनाए।
त्यस्तै उमर अकमलले ३३, हरिश सोहेलले २७, सोहिब मकसुदले २१ रन बनाए। जिम्बावेको लागि तेन्दाइ चतराले ३ र सिन विलियम्सले २ विकेट लिए।