धरान- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आइतबार पोखरा ११ माथि टाई–ब्रेकरमा विजय हासिल गर्दै बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि सोझै टाई–ब्रेकरबाट निर्णय लिइदा आर्मी ५-४ को नतिजामा विजयी भयो। हावाहुरीले खेल प्रभावित हुने भन्दै अतिरिक्त समय नथपी सोझै टाई–ब्रेकरबाट निर्णय लिइएको थियो। पेनाल्टीमा पोखराका कप्तान उत्तम गुरुङको अन्तिम प्रहार चुकेपछि नतिजा आर्मीको पक्षमा गएको थियो।
आर्मीका जितेन्द्र कार्की, हिरण्य मगर, सन्तोष तामाङ, युद्ध शाही र दिपक गुरुङले गोल गरे। पोखराबाट प्रदिप गुरुङ, राकेश गुरुङ, भुपाल गुरुङ र शिव सुवेदी मात्र गोल गर्न सफल भए।
दोस्रो हाफको पहिलो मिनेटमा राकेश गुरुङले दर्शनीय गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए। शिव सुवेदीको पासमा उनले करिव ३० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। आर्मीले त्यसको ६ मिनेटपछि अमृत वश्नेतको गोलबाट खेल बराबरीमा ल्यायो। पेनाल्टी बक्समा विपक्षी रक्षकले क्लियर गर्न नसकेको बलमा अमृतले गोल गरेका थिए। खेल सकिन आठ मिनेट बाँकी रहँदा उत्तमले करिव ३० यार्डबाट फ्रि–किकमा गोल गर्दै पोखरालाई दोस्रो पटक अग्रता दिलाए। तर अमृतले खेल सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल गर्दै खेल बराबरीमा ल्याए। पदम तामाङको कर्नरमा हेडमार्फत अमृतले गोल गरेका थिए। दुई गोल गरेका अमृत ५ हजार रुपैयाँ पुरस्कार रहेको म्यान अफ द म्याचको हकदार बने।
पोखराका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवविहिन खेलाडीबाट सोचेभन्दा राम्रो प्रर्दशन भएको प्रतिक्रिया दिए। 'आर्मीसँग यस्तो प्रतिस्पर्धात्मक खेल हुने सोचेको थिइन,' उनले भने, 'अनुभवको कमीले अन्तिम समयमा गोल खाँदा जित्नै लागेको खेल पनि हार्यौं। त्यो चाही दुर्भाग्य भयो।'
आर्मीका प्रशिक्षक मेघराज केसीले तीन स्टार स्ट्राइकरको अभाव खट्किएको बताउदै अवसर पाएर पनि गोल गर्न नसक्दा टाई–बे्रकरसम्म पर्खनु परेको बताए। 'भरत खवास, नवयुग श्रेष्ठ र टंक बुढाथोकीको अभाव भयो,' उनले भने, 'पोखराले एक गोल गरेलगत्तै हामीलाई दबाबमा राखेर खेल्यो।' प्रतियोगितामा सोमबार सिक्किमको चुनाल्चु क्लब र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ।