सिड्नी- इङ्ल्यान्डका दुई अलराउन्डर मोइन अली र क्रिस वोक्सले विश्वकपको अफगानिस्तानसँगको अन्तिम खेल गुमाउने भएका छन्। वोक्स मध्यक्रमका ब्याट्सम्यान तथा तीब्र गतिका बलर हुन्। बंगलादेशविरुद्ध रन लिनेक्रममा उनको खुट्टमा चोट लागेको हो। सोमबार एडिलेडमा भएको खेलमा वोक्सले अविजित ४२ रन बनाए पनि इङ्ल्यान्ड १५ रनले हारेको थियो।त्यस्तै अफ स्पिनर तथा ओपनिङ ब्याट्सम्यान अलीलाई बंगलादेशविरुद्धकै खेलमा मांसपेसीमा चोट लागेको थियो।
'स्क्यानिङ गर्दा वोक्सलाई बायाँ खुट्टामा चोट लागेको देखिएको छ भने अलीको पेटको मांसपेसीमा चोट छ,' इङ्ल्यान्ड क्रिकेट बोर्डको विज्ञप्तिमा उल्लेख छ,'दुवैले शुक्रबार अफगानिस्तानविरुद्ध खेल्ने छैनन्।' विज्ञप्तिमा टोलीको इङल्यान्ड फर्किएपछि समीक्षा हुने जनाइएको छ।
अली र वोक्स नखेल्ने भएपछि विश्वकपमा डेब्यु गरेको एसोसिएट्स राष्ट्र अफगानिस्तानविरुद्धअफ स्पिनर जेम्स ट्रेडवेल र अलराउन्डर रवि बोपारालाई खेलाइने सम्भावना छ।
सोमबार बंगलादेशसँग पराजित भएपछि इङ्ल्यान्डको विश्वकप यात्रा समूह चरणमै टुंगिएको हो। इङल्यान्ड सम्मिलित समूह 'ए' बाट न्युजिल्यान्ड, अस्ट्रेलिया,श्रीलंका र बंगलादेशले अन्तिम आठको स्थान पक्का गरेका छन्। इङ्ल्यान्डले एसोसिएट्स टोली स्कटल्यान्डलाई मात्र हराएको थियो।