मेलबर्न- उमेश यादवले ४ विकेट लिएपछि भारतले बंगलादेशलाई १ सय ९ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको छ। ३ सय ३ रनको विजय लक्ष्य पछ्याएको बंगलादेश ४५ ओभरमै अलआउट भएर १९३ रन बनयो। बंगलादेशको लागि नाजिर होसेनले सर्वाधिक ३५ रन बनाए। त्यस्तै सवर रहमानले ३०, सौम्या सरकारले २९ र मुसफिकर रहिमले २७ रन बनाए।

शतक बनाएपछि रोहित शर्मा
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ३०३ रनको चुनौती दिएको थियो। भारतले रोहित शर्माको १ सय ३७ रनको मद्दतले ३ सय २ रनको योगफल तयार पारेको थियो। २७ वर्षे दायाँहाते ब्याट्सम्यान शर्माले १ सय २६ बल सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरे।

बंगलादेशका खेलाडीलाई रनआउट गर्दै उमेश यादव
भारतको ३ सय रनभन्दा बढीको स्कोरमा सुरेश रैना र शिखर धवनको पनि महत्वपूर्ण योगदान रह्यो। रैनाले ७ चौका र १ छक्का प्रहार गर्दै ६५ रन बनाए। ५० बल सामना गरेका धवनले ३ चौका मद्दतले ३० रन बनाए।

सुरेश रैना जसले ६५ रन बनाए।
बंगलादेशका लागि तास्किन अहमदले ३ विकेट लिए। मोसाहफिर मुर्जाजा, रुवेल हसन र साकिब अल हसनका भागमा १-१ विकेट पर्यो।