धनकुटाको राजारानी फुटबल क्लब ५ औं बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बेलबारी–११ स्थित लक्ष्मीमार्गको खेल मैदानमा मंगलबार भएको खेलमा राजारानीले सिराहाको सहलेश युवा क्लबलाई १–० को गोल फरकमा हराउँदै उपाधि नजिक पुगेको हो। उपाधिका लागि राजारानी र विभागीय टोली सशस्त्र प्रहरी बलले बुधबार खेल्ने छन् । खेलको एक मात्र निर्णायक गोल राजारानीका सुनील खड्काले गरे।
मध्यान्त अघिसम्म दुवै टोली गोलरहित बराबरी खेलको थिए। राजारानीका गोलरक्षक पुजन होना र निशान लिम्बूको स्थानमा मैदान प्रवेश गरेका सुनील खड्काले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई फाइनलमा पु¥याए। सहलेशले गोलका धेरै अवसर पाए पनि त्यसका बाधक गोलरक्षक होना बने।
७२ औं मिनेटमा उमेश कार्कीले डिबक्सभित्र मिलाइएको पासमा खड्काले गोल गरे। ५३ औं मिनेटमा राजारानीले सुरुआती अग्रता लिने मौका गुमायो। सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि पाएको पोनाल्टीमा गोल गर्न चुके। टेकराज बुढाथोकीले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक सुनारले उत्कृष्ट बचाउ गर्दै गोल संकट टारेका थिए।
खेलको म्यान अफ द म्याच गोलरक्षक होनाले ५ हजार र ट्रफी प्राप्त गरे। प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। व्यक्तिगत पुरस्कारतर्फ सर्वाेत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी तथा मिडफिल्डरलाई जनही १५–१५ हजार र उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।