राष्ट्रिय जिम्न्याष्टिकमा आर्मी च्याम्पियन
१८ माघ २०८२
•
२ मिनेट पाठ
राष्ट्रिय जिम्न्याष्टिकमा आर्मी च्याम्पियन
विभागीय टोली नेपाल आर्मी क्लब भक्तपुरमा भएको १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा च्याम्पियन बनेको छ।




भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा शनिबार भएको प्रतियोगितामा आर्मी सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बनेको हो। नेपाल जिम्न्याष्टिक संघको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेश दोस्रो भयो। बागमतीले ९८.६० अंक बटुल्यो। एपिएफ क्लबले ९२.३५ अंक जोड्दै तेस्रो भयो। आर्मीले महिलामा ५० अंक र पुरुषमा ५०.५० अंक प्राप्त गर्दै ट्रफी आफ्नो नाममा सुरक्षित गरेको हो। बागमतीको महिला टोलीले भने तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्‍यो। पुरुषमा बागमती प्रदर्शन च्याम्पियन हुँदा महिलामा भने आर्मीले सफलता पाएको हो। महिलामा बागमतीको टोली तेस्रो स्थानमा खुम्चिन पुग्यो।

अलराउन्डतर्फ आर्मीका रोहन बुढाथोकी च्याम्पियन भए। उनले बागमतीका सुमित तमखुलाई पछि पारेका हुन्। रोशनले फ्लोरमा ७.०५ र भल्टमा ७.७ अंकसहित समग्रमा १४.७५ अंक बटुले। सुमितले भने फ्लोरमा ६.५५ र भल्टमा ६.५ अंक पाए। यस विधामा आर्मीकै आर्या केसी तेस्रो भए। उनले कुल १३.२ अंक ल्याए। महिला अलराउन्डरमा एपिएफकी हर्षाली रञ्जित च्याम्पियन भइन्।

उनले आफ्नै विभागकी सुनिता दर्नाललाई पछि पारेकी हुन्। फ्लोर र भल्टमा गरेर समग्रमा हर्षालीले १३.२० र सुनिताले १२.९० अंक ल्याए। हर्षालीले फ्लोरमा सुनितालाई पछि पारेकी थिइन्। भल्टमा भने दुवैले समान ५.३५ अंक ल्याए।

अलराउन्डमा नै बागमती प्रदेशकी रेगिशा घेमोसु तेस्रो स्थानमा रहिन्। उनले फ्लोरमा ७.४० र भल्टमा ५.४० अंक जोडिन्। रेगिशाले भल्टको प्रतिस्पर्धामा हर्षाली र सुनितालाई पछि पारेकी थिइन्। तर, त्यो प्रदर्शनले उनी शीर्ष दुईभित्र अटाउन सकिनन्। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल जिम्न्यास्टिक संघका उपाध्यक्ष राजकुमार कार्की लगायतले पुरस्कृत गरेका थिए। यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जानकारी दिए।

संघका उपाध्यक्ष कार्कीले यो प्रतियोगितापछि नेपालको जिम्न्यास्टि खेलाडीलाई प्रोत्साहन मिल्ने आशा व्यक्त गरे। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि यस किसिमको प्रतियोगिता महत्त्वपूर्ण हुने उनको विश्वास छ।

कार्कीले आगामी दिनमा जिम्न्यास्टिक खेलका गतिविधि बढाउँदै नेपाली खेलाडीलाई यस खेलमा लाग्न थप प्रोत्साहित गर्ने बताएका छन्। यस प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीले पुरुष/महिलामा समान आठ गरी १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।  
अर्को समाचार
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
१९ मिनेट अघि
•
१ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।




सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।

टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।

ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।

सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। 
गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस