एनआरटी र आर्मीको पाँचौं जित
१८ फागुन २०८२
•
४ मिनेट पाठ
एनआरटी र आर्मीको पाँचौं जित
शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय लिगमा पाँचौं जित निकाल्दै शीर्ष स्थानका लागि दबाब बढाएका छन्।

आगामी फागुन २१ गते हुने आम निर्वाचनका कारण अबको एक हप्तासम्म राष्ट्रिय लिगले विश्राम पाउनेछ। विश्रामअघि भएको अन्तिम खेलमा शीर्ष डिभिजन क्लब एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलिरहेको टोलीविरुद्ध हाबी भए।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा चित्लाङ एफसीले भने एनआरटीलाई चुनौती दिने प्रयास गर्‍यो। तर, नाइजेरियाका टिमोथी चिमेरी ओकेरेके चम्केपछि एनआरटीले चित्लाङमाथि २–१ को साँघुरो जित निकाल्यो। टिमोथी म्यान अफ दी म्याच पनि भए। तर, अर्को मोफसल टोली नव जनजागृति युवा क्लबले भने सबैभन्दा घरेलु प्रतियोगितामा आफूलाई अभैm प्रमाणित गर्न सकेन।

दिनको पहिलो खेलमा नव जनजागृति विभागीय टोली आर्मीसँग ३–० ले पराजित हुन पुग्यो। यससँगै लगातार आठौं खेलसम्म जनजागृति जितविहीन बन्यो। आर्मी र एनआरटीको समान पाँचौं जित पनि हो। यो जितसँगै दुवै टोलीले एक हप्ता विश्राम पाउनेछन्। आर्मीको जितमा जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुन्साङ लामाले समान एक गोल गरे। जिलेस्पीजंग कार्की प्लेअर अफ दी म्याच भए। जितपछि आर्मीले पनि शीर्षता होडमा दबाब बढाएको छ। एनआरटीले सुरुमा नै गोल गर्दै चित्लाङमाथि दबाब बनाउने प्रयास गरेको थियो। तर, चित्लाङले गोल सामना गरेपछि सुधारिएको प्रदर्शन गर्दै उल्टै एनआरटीलाई चुनौती दियो। एनआरटीका राजीव लोप्चन र टिमोथीले समान एक गोल गरे।

चित्लाङले आत्मघाती गोल पायो। यो जितपछि एनआरटीले शीर्ष स्थानका लागि दबाब बढाएको छ। ९ खेलबाट एनआरटीले १८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। जुन आठ खेल खेलेको एपिएफको भन्दा दुई अंकले कम हो। आठ खेलबाट लालीगुराँस एसोसिएसन १८ अंक छ। आर्मीले आठ खेलबाट १७ अंक जोडेको छ। त्यसैले एनआरटीलाई पछि पार्ने अवसर आर्मीसँग हुनेछ। जितपछि एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले चोटका कारण केही खेलाडी भर्खर रिकभर भइरहेकाले टिम पूर्ण रूपमा सेट हुन नपाएको बताए। ‘अञ्जन विष्ट, मनीष डाँगी र आदित्य शाक्य जस्ता स्टार खेलाडीहरू भर्खर रिकभर हुँदै छन्। यसबीच युवा खेलाडीलाई अवसर दियौं। लगातार प्लेइङ सेटमा परिवर्तनपछि तालमेल राम्रो भएको छैन,’ प्रशिक्षक सिन्केमानले भने।

पहिलो गोलपछि आफ्नो टोलीले अर्गनाइज फुटबल खेल्न नसकेको उनको भनाइ छ। ‘पहिलो गोलपछि चित्लाङले नै दबाब बनायो। हामीले सोचेअनुरूप खेल्न सकेनौं। तर, गोल निस्किँदा जित निकाल्न सफल भयौं,’ उनले भनेका छन्। चित्लाङका प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले दुवै टोली जित्नकै लागि आएको र त्यहीअनुरूप दुवैले राम्रो फुटबल देखाएको बताए। ‘एनआरटी राम्रो टोली हो। हामी पनि जित्छौं भनेर आएका थियौं। त्यहीअनुरूप खेल्ने प्रयास गर्‍यौं। त्यस कारण पनि राम्रो फुटबल खेल्यौं। तर, गल्ती गर्न पुग्दा दुई गोल सामना गर्‍यौं,’ चित्लाङका प्रशिक्षक प्रज्वलले भने,‘राम्रोसँग मार्क गर्न नसक्दा दुवै गोल बेहोर्‍यौं।’ एनआरटीले खेलको दसौं मिनेटमा नै अग्रता लियो।

राजीवले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका हुन्। त्यसको दुई मिनेटपछि नै एनआरटीले अर्को अवसर बुन्यो। तर, सफलता पाउन सकेन। ३७औं मिनेटमा आत्मघाती गोलबाट चित्लाङ खेलमा फर्कियो। आरोन थापाको कर्नर प्रहार रोक्ने प्रयासमा एनआरटीका सनम सोदेम्बा लिम्बू आफ्नै पोस्टमा गोल गर्न पुगे। तीन मिनेटपछि एनआरटीका अञ्जन विष्टले सफलता पाउन सकेनन्। लेफ्ट साइडबाट उनले गरेको फ्रिकिक दोस्रो बार नजिकैबाट बाहिरियो। बराबरीपछि चित्लाङले लगातार दुई उत्कृष्ट अवसर बुन्यो। तर, त्यसमा सफल भने भएन। ४१औं मिनेटमा चित्लाङले उत्कृष्ट अवसर सिर्जना ग¥यो। एनआरटी गोलकिपर विशाल सुनार बिट भएको अवस्थामा सोलोमन एडेयिन्का इलेसान्मीको प्रहार सनमले गोल लाइनबाट क्लियर गरे।

यससँगै पहिलो हाफमा १–१ को बराबरीमा नै सकियो। ५४औं मिनेटमा टिमोथी चिमेरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ६६औं मिनेटमा म्याथ्यु बाबाटुन्डे नजिक दूरीबाट गोल गर्न चुके। उनको फितलो प्रहार एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए। दुई मिनेटपछि नै चित्लाङका सोलोमोनले पनि अवसर सदुयोग गर्न सकेनन्। नजिकै दूरीबाट उनको हेडर प्रहार दोस्रो बार हुँदै बाहिरियो। ७०औं मिनेटमा सोलोमनकै हेडर एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा राखे। ६ मिनेटपछि चित्लाङका म्याथ्युले १९ यार्डबाट गरेको फ्रिकिक पोस्टको दिशामा रहेन। इन्जुरी समयमा एनआरटीका सरोज तामाङले हानेको प्रहार बार माथिबाट बाहिरियो। यसपछि केही अवसर सिर्जना भए पनि गोल निस्किए र एनआरटीले जित निकाल्यो।

त्यसअघि भएको खेलमा आर्मीले पुछारको नव जनजागृति सहजै हरायो। कप्तान जर्जप्रिन्स कार्कीले नवौं मिनेटमा अग्रता दिलाए। त्यो गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो। दोस्रो हाफमा आर्मीले दुई गोल थप्यो। नवयुगले ५४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीको तेस्रो गोल कुनसाङले ७५औं मिनेटमा गोल गरेपछि विभागीय टोली खेल आफ्नो नियन्त्रणमा राख्यो। जारी लिगमा सबैभन्दा खराब प्रदर्शन गरेको नव जनजागृतिको लगातार आठौं हार हो। जन जागृति लिगमा अंकविहीन छ। आगामी फागुन २१ गते हुने आम निर्वाचनका कारण अब एक हप्तासम्म राष्ट्रिय लिग हुने छैन। दिनको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लबबीच खेल भइरहेको छ। यसपछि एक हप्ता राष्ट्रिय लिगमा विश्राम हुनेछ। विश्रामअघि आर्मी र एनआरटीले सुखद नतिजा आत्मसात् गर्‍यो।
अर्को समाचार
भरतको ह्‍याट्रिकसँगै आर्मीको जित
०२ पौष २०६९
•
३ मिनेट पाठ
भरतको ह्‍याट्रिकसँगै आर्मीको जित
काठमाडौं, पुस ३ (नागरिक)- भरत खवासले ह्याटि्रक गरेपछि त्रिभुवन आर्मी क्लबले शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ५-० ले हराएको छ। दशरथ रगशालामा न्युरोड टिम(एनआरटी)ले सिमि्रक सरस्वति युथ क्लबलाई ४-१ पराजित गर्‍यो। लिगमा ह्याट्रिक गर्ने भरत दोस्रो नेपाली खेलाडी बने। यसअघि थ्रीस्टारका सन्तोष साहुखलले २ ह्याटि्रक गरिसकेका छन्।

भरतले गरेको ह्याटि्रक जारी लिगको पाँचौ ह्याटि्रक थियो। अन्य दुई विदेशी खेलाडीले ह्याटि्रक गरिसकेका छन्। आर्मी क्लबको जर्सीमा पहिलो पटक लिग खेलिरहेका भरतले प्रतियोगितामा ब्यक्तिगत ५ गोल गरिसकेका छन। सोमबार तेस्रो जित पछि आर्मी जारी लिगको अंक तालिकामा पाँचौ स्थानमा उक्लियो।
७ खेलमा आर्मीले २ जित र २ हारको सामना गदै ११ अंक जोडेको छ। एपीएफले सोमबार चौथो हार ब्यहोर्नु पर्‍यो।
सातौ चरणसम्म आइपुग्दा ३ खेलमा सफलता हात पारेको एपीएफ ९ अंक सहित आठौं स्थानमा छ। ११ अंक बनाएको एनआरटी अंक तालिकाको छैठौ स्थानमा पुग्यो। एनआरटी ३ जित २ बराबरी र २ खेलमा पराजित भएको छ। २ जित र २ बराबरी खेलेको सरस्वति ८ अंक सहित दशौं स्थानमा झर्‍यो।

सोमबार रगशालामा तीन मिनेटमा भरतले गोल गरेपछि आर्मीले सुरुवातमै एपीएफलाई निराश पार्‍यो। टंक बस्नेतको प्रहारलाई एपीएफका गोलकिपर रञ्जित गुरुङले नियन्त्रण गर्न नसकेको बेला भरतले हेड गदै गोल गरे।

गोलकिपर अगाडी बढेको मौका छोप्दै भरतले १६औं मिनेटमा दोस्रो गोल गरेका थिए। ६०औं मिनेटमा भरतले ह्याटि्रक पुरा गरे। आर्मीका टंक बस्नेत र नवयुग श्रेष्ठले समान १ गोल गरेर आर्मीको गोलसंख्या बढाए। टंकले ७६औं मिनेट र नवयुगले इन्जुरी टाईममा (९१औं मिनेट) गोल गरेका थिए।

एनआरटीका एकिनले १५औं मिनेटमा टोलीका लागि पहिलो गोल गरे। सेगुन एकिनादले २ गोल र लक्ष्मण रुचालले १ गोल गरे। लक्ष्मणले ३९औं मिनेट र सेगुनले ६६औं मिनेट र (९३औं) इन्जुरी टाइममा गोल गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस