१३ वर्षपछि आयोजक सहाराले उपाधि जित्दै इतिहास दोहोर्‍यायो
०९ फागुन २०८२
•
३ मिनेट पाठ
१३ वर्षपछि आयोजक सहाराले उपाधि जित्दै इतिहास दोहोर्‍यायो
आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ।




सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहाराले आहा! रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उपाधि जितेको हो। २०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै इतिहास दोहोर्‍याएको छ।

चौथो पटक फाइनल खेलेको सहारा २०६९ मा फाइनलमा पुगे पनि उपाधिबाट वञ्चित भएको थियो। त्यसको एक वर्षपछि नै २०७० मा उपाधि चुमेको सहारा २०७३ सालमा फाइनलमा पुगेर चुक्दा दोस्रो पटक उपाधि जितेर इतिहास दोहोर्‍याउन असफल भएको थियो। तर यस पटक भने सहाराले कुनै गल्ती नगरी उपाधि चुमेर इतिहासमा दोस्रो पटक उपाधि जित्नेमा आफ्नो नाम दर्ज गराएको छ।

१४ वर्षपछि फाइनल खेलेको जावलाखेल भने इतिहास कोर्न असफल भएको छ। २०६८ सालमा पहिलो पटक आहा! रारा पोखरा गोल्डकपमा फाइनल खेलेको जावलाखेल त्यसबेला पनि फाइनलमा पराजित भएर उप–विजेतामा सिमित भएको थियो। त्यसको १४ वर्षपछि शनिबार भएको भिडन्तमा पनि आयोजकसँग पराजित हुँदै उपाधि जित्नेको इतिहास लेख्ने जावलाखेलको सपना पूरा भएन।

उपाधि विजेता सहारा क्लबले नगद १४ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उप–विजेतामा चित्त बुझाएको जावलाखेलले नगद ७ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्‍यो।

शनिबारको उपाधि भिडन्तमा जावलाखेलमाथि सहारा हाबी भयो। पहिलो हाफ र दोस्रो हाफमा एक/एक गोल गरेको सहाराले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। प्रतियोगिता अवधीभर निर्धारित समयमा जम्मा एक गोल मात्र गरेको सहाराले फाइनलमा भने आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्यो। प्रतिष्पर्धात्मक रुपमा भइरहेको खेलमा सहाराका लागि मुकुन्दकुमार नुईरेले गोलको खडेरी तोड्दै टिमलाई टिमलाई अग्रता दिलाएका थिए। सहाराले पाएको कर्नर किकमा हेडर गर्दै सुन्दर गोलमा परिणत गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता बनाएको सहाराले खेलको ७३ औं मिनेटमा दोस्रो गोल गद्रै अग्रता दोब्बर पार्‍यो। सुशिल लामाले प्रहार गरेको लामो क्रसलाई हेडरमार्फत नै उनले जाली चुमाउँदै जित सुनिश्चित गरे।

काउन्टर अट्याकको रणनीतिमा रहेको सहाराबिरुद्द जावलाखेलले आक्रामक रणनीति अप्नाएको थियो। तर खेलाडीबीचको समन्वय अभाव, बल होल्डमा देखिएको समस्यासँगै फिनिसिङमा चुक्दा उप–विजेतामै चित्त बुझाउन बाध्य भयो। ६० औं मिनेटमा जावलाखेलका लागि बौबाकार सिस्सोखोले गोल गरे पनि रेफ्री प्रज्वल क्षेत्रीले अफसाईड दिए। त्यसबाहेक जावलाखेलले खासै मुभ निकाल्न सकेन।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक सहारा क्लब पोखराका मुकुन्दकुमार नुईरे भए। सहारा एकेडेमीका उत्पादन नुईरेले टेलजीको एक थान स्कुटर हात पारे। त्यस्तै, उत्कृष्ट स्ट्राईकर जावलाखेलका धर्वेन्द्र कुँवर, उत्कृष्ट मिडफिल्डर जावलाखेलकै बौबाकार सिस्सोखो, उत्कृष्ट डिफेन्डर सहाराका टाय डिनियल बडारु, उत्कृष्ट गोलकिपर सहाराका टिकेन्द्र थापा र सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा ईबाउ केबे तथा उत्कृष्ट प्रशिक्षक सहाराका सुनिलकुमार राना बने। प्रतियोगिताको उत्कृष्ट ईमर्जिङ खेलाडीमा मुकुन्दकुमार नुईरे र फेयर प्लेमा आभा एफसी उज्बेकिस्तान घोषित भए। उत्कृष्ट बनेका सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे।

विजेताहरूलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीप्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरू विक्रम थकाली, बिरभद्र आचार्य, सुरज गुरुङ, केशवराज बराललगायतले पुरस्कार वितरण गरेका थिए।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
२ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस