एसियाली खेलकुदः टेनिसमा खड्का र बास्तोलाको जोडीले जगाएको आशा
१२ असोज २०८३
•
५ मिनेट पाठ
एसियाली खेलकुदः टेनिसमा खड्का र बास्तोलाको जोडीले जगाएको आशा
एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली टेनिसको इतिहास त्यति सुखद छैन। जुन जापानमा जारी २०औं एसियाली खेलकुदमा पनि देखिएको छ। तथापि खराब इतिहास र निराशाजनक नतिजाबीच प्रदीप खड्का र अभिषेक बास्तोलाको जोडीले आशा दिएको छ।




हिगासियामा आइतबार भएको पुरुष डबल्सको प्रतिस्पर्धामा यो जोडीले पहिलो जित रच्यो।  नेपाली टेनिसमा आशाको एउटा झिल्को दियो। जहाँ महिला सिंगल्सका प्रतिस्पर्धा भने नेपालका लागि खराब रह्यो।

नेपालका सिभाली गुरुङ र स्वस्तिका विष्टको यात्रा पहिलो चरणमै रोकिन पुग्यो। पुरुष डबल्समा नेपालले मंगोलियालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ।  २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता कुल २१ खेलमा हो। प्रतिस्पर्धाहरू अब अन्तिम चरणमा पुगिसकेका छन्।

नेपाली करातेले भने सात विधामा चुनौती दिँदा पाँच विधामा पदकका लागि प्रतिस्पर्धा गर्‍यो। त्यसबाहेक अधिकांश खेलका चुनौती सकिएको छ। तथापि धेरै खेलको यात्रा पहिलो चरणमै टुंगिन पुग्यो। जहाँ पदकको दौडमा अघि बढ्ने नेपाली खेलाडीको संख्या सीमित रह्यो।

जसमा कराते अब्बल रह्यो। पहिलो जितमा नै नेपाली खेलाडीको संघर्ष देखियो। जितको तथ्यांक नेपालको सीमित बनिरहेको छ। त्यही सीमित सूचीमा रहेको छ टेनिसका प्रदीप र अभिषेकको जोडी। हिगासियामा पार्क टेनिसमा भएको पुरुष डबल्समा प्रदीप र अभिषेकको जोडीले मंगोलियाका मंखबतार बादराख र उरनुख जोलबादरको जोडीलाई २–१ सेटमा हरायो। यो जोडीले पहिलो सेट ६–२ ले सहजै आफ्नो पक्षमा पारेको थियो तर दोस्रो सेट भने ४–६ ले गुमायो। निर्णायक सुपर टाइब्रेकरमा भने नेपाली जोडीले धैर्य र अनुभव देखायो।  त्यसैले १४–१२ को रोमाञ्चक जित सम्भव भयो। जितसँगै जारी एसियाली खेलकुदमा टेनिसले पहिलो सफलता हात परेको छ।

नेपालका लागि पहिलो चरण पार गर्ने सीमित खेलाडीमध्ये यो जोडी पनि बनेको छ। यो जितमा अनुभवको भूमिका महत्त्वपूर्ण रह्यो। अभिषेक लगातार चौथोपल्ट एसियाली खेलकुद खेल्दै छन्। प्रदीपले पनि यसअघि १९औं संस्करणमा खेलेका थिए। दुवैका लागि एसियाली खेलकुद नयाँ मञ्च होइन। तथापि उनीहरू फरक तयारीबाट यहाँ आएका हुन्।

अभिषेक लामो समयदेखि अमेरिकामा प्रशिक्षण गरिरहेका थिए भने प्रदीप नेपालमै रहेर तयारी गरेका खेलाडी हुन् तर कोर्टमा उनीहरूको तालमेलमा कमी देखिएन। जसको प्रशंसा नेपाली टेनिसकी मुख्य प्रशिक्षक रेणुदेनी कोन्डाले पनि गरिन्।

‘दुवैले राम्रो खेले। मंगोलियाले पनि निकै राम्रो चुनौती दिएको थियो तर नेपालले सुपर टाइब्रेकरमा राम्रो गर्‍यो,’ नेपालकी प्रशिक्षक कोन्डाले भनिन्, ‘र्‍यालीमा प्रदीपले धेरै दबाब बनाए। मेन पोइन्टमा अभिषेकले राम्रो गरे। त्यसैले जित सम्भव भयो।’

पुरुष डबल्समा आशा जगाउँदा सिंगल्सको यात्रा भने पहिलो चरणमै समाप्त भएको छ। नेपालका सिभाली गुरुङ र स्वस्तिका विष्ट दुवैले आइतबार हार बेहोरे।  हिगासियामा पार्क टेनिसमा सिभाली दक्षिण कोरियाकी बाक दायोनसँग ६–१, ६–० ले पराजित भइन्। स्वस्तिकाले आयोजक जापानकी उचिजियोमसँग ६–१, ६–१ को सोझो सेटमा नतिजा सुम्पिइन्। सिभाली उमेरले सानै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिरहेकी खेलाडी हुन्।

ग्रान्ड स्लाम खेल्ने लक्ष्यसहित अघि बढिरहेकी उनले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छन् तर एसियाली खेलकुदमा अनुभवलाई नतिजामा बदल्न भने सकिनन्। प्रदर्शन पनि सन्तोषजनक रहेन।प्रशिक्षक कोन्डा भने दुवै खेलाडीको प्रदर्शनबाट खुसी देखिइन्। ‘जतिसक्दो राम्रो प्रदर्शन गरेर फर्कनेछौं। स्वस्तिका र सिभाली दुवै उमेरले साना छन्। त्यति धेरै अनुभव पनि छैन,’ उनले भनिन्, ‘तर एसियाका उच्च वरीयताका खेलाडीसँग खेल्दा पनि उनीहरूले आशालाग्दो प्रदर्शन गरेका छन्।’

नेपालले टेनिसमा पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गरिरहेको छ। जहाँ पुरुष डबल्समा प्रदीप र अभिषेकको यात्रा अगाडि बढ्ने आशा गरिएको छ।

तथापि उनीहरूको परीक्षा अझ कठिन हुनेछ। दोस्रो चरणमा यो जोडीले भारतका उच्च वरीयताका अनिरुद्ध चन्द्रशेखर र बालाजी नारायनस्वामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। एसियाली टेनिसमा भारतको स्तर र नतिजा राम्रो छ। त्यसैले नेपाली जोडीका लागि यो खेल चुनौतीपूर्ण हुने निश्चित छ तर प्रशिक्षक कोन्डा प्रदीप र अभिषेकले भारतविरुद्ध पनि आफ्नो क्षमता देखाउन सक्ने विश्वासमा छिन्। ‘भारत धेरै राम्रो टोली हो तर प्रदीप र अभिषेकको साझेदारी पनि निकै राम्रो देखिएको छ,’ कोन्डाले भनिन्, ‘यही तालमेल कायम राख्न सके भारतलाई कडा चुनौती दिनेछौं।’ आफ्ना खेलाडीले कोर्टमा राम्रो तालमेल देखाएको प्रतिस्पर्धात्मक खेल हुनेमा प्रशिक्षक विश्वस्त छिन्।

‘अभिषेकले अमेरिकामा प्रशिक्षण गरेका थिए।  उनी यही एसियाली खेलकुदका लागि आएका हुन्। प्रदीपले नेपालमै तयारी गरेका थिए तर दुवैले राम्रो तालमेल देखाएका छन्,’ उनले भनिन्, ‘त्यसैले दोस्रो चरणमा उनीहरू कमजोर हुने छैनन्।’

प्रदीप र अभिषेकको जोडीले भने कम्तीमा पहिलो चरण पार गरेर नेपाली टेनिसलाई यो प्रतियोगितामा जीवित राखेको छ। एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडी पहिलो चरणमै रोकिएका छन्। करातेमा तेन्जिङ शेर्पाले कुमितेतर्फ कांस्य पदक जित्दा नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपल्ट एसियाली खेलकुदमा कांस्य जित्यो। पदककै आशा गरिएका खेलाडीसँगै धेरैको प्रदर्शन निराशाजनक रह्यो।

बक्सिङका खगेन्द्र रोकामगर, ब्याडमिन्टनका क्षितिज खनाल, पुरुष क्रिकेट टोली तथा टेबल टेनिसको मिक्स डबल्स (इभाना थापा र रुबिन महर्जन) ले पनि पहिलो चरण पार गरे। यस्तो अवस्थामा टेनिसको कोर्टमा प्रदीप र अभिषेकको जितले पदकको सुनिश्चितता त गरेको छैन तर नेपाली खेलाडीको प्रदर्शनमा एउटा जित दिए। अब यो यात्रा कति टाढासम्म पुग्ने भन्ने परीक्षा उनीहरूकै कोर्टमा हुनेछ।  
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
१९ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस