नेपाल पुलिसले जित्यो महिला गोल्डकपको उपाधि
२० वैशाख २०८३
•
२ मिनेट पाठ
नेपाल पुलिसले जित्यो महिला गोल्डकपको उपाधि
महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभूवन आर्मी क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।




१० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपबिजेतामै चित्त बुझाएको आर्मीले भने नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।

आईतबारको खेलमा पुलिसले आर्मीबिरुद्ध संघर्षपूर्ण जित निकाल्यो । पहिलो हाफबाटै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई अन्तिमसम्म डटेर सामना गर्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको २७ औं मिनेटमा आर्मी दश खेलाडीमा सिमित भएको थियो । पुलिसकी निर्मला विकलाई आर्मीकी डिफेन्डर विमला विकले डि एरियामा लडाएपछि रेफ्री रातो कार्ड देखाउँदै बाहिर पठाएकी थिईन् ।

त्यसपछिको खेलमा आर्मी रक्षात्मक बनेको थियो । आर्मीबिरुद्ध आक्रामक बनेको पुलिसले ६३ औं मिनेटमा गोल गर्ने उत्कृष्ट अवसर खेर फाल्यो । रेखा पौडेलले गरेको प्रहारमा आर्मीकी गोलकिपर कोपिला खड्का बाधक बनिन् ।  

६९ औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो भने त्यसको ६ मिनेट पछिको ७५ औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८० औं मिनेटमा अनुस्काको प्रहारमा आर्मीकी गोलकिपर कोपिला बाधक बनिन् ।

१० खेलाडीमा सीमित भए पनि आर्मीले केहि गोल अवसर निकालेको थियो । तर सदूपयोग गर्न नसक्दा ऐतिहासिक जितसहित उपाधि जित्ने मौका गुमायो । खेलको ३७ औं मिनेटमा आर्मीकी हिमा चौधरीले प्रहार गरेको बललाई गोललाईन नजिकबाट विपक्षी खेलाडी समीक्षा घिमिरेले बचाईन् । ८१ औं मिनेटमा चन्द्रा भण्डारीको प्रहारमा उषा बाधक बनिन् । ८८ औं मिनेटमा आर्मीले गोल गर्ने स्वर्ण अवसर गुमायो । चन्द्राको पासमा हिमाको प्रहार क्रसबार भन्दा थोरै माथिबाट बाहिरियो ।

आईतबारको खेलमा नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन् ।

यसैबीच, प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३० हजारसहित ट्रफी जित्न सफल भईन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा पुलिसकी उषा नाथ, प्रतियोगिता अवधीभरमा ५ गोल गरेकी रेखा पौडेल सर्वाधिक गोलकर्ता र अनुसासित टिमको पुरस्कार आयोजक आरएस पोखरा फुटबल क्लवले प्राप्त गर्‍यो ।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस