फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
१७ भदौ २०८३
•
२ मिनेट पाठ
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।




बुधबार फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा फिदिमले झापा–११ माथि १–० को रोमाञ्चक जित निकाल्दै पहिलोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। फिदिमको जितमा सुसन जवेगुले निर्णायक गोल गरे।

आरोन थापा मगर, देवेन्द्र तामाङ र आयुष घलानजस्ता चर्चित खेलाडी सम्मिलित झापा–११ विरुद्ध फिदिमले सुरुदेखि नै सम्हालिएको र रणनीतिक खेल प्रदर्शन गरेको थियो। त्यसकै परिणामस्वरूप फिदिमले झापामाथि ऐतिहासिक जित निकाल्न सफल भयो।

फाइनलमा फिदिमले सिराहाको सलहेस युवा क्लबको सामना गर्नेछ। सलहेसले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

सलहेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको डिफेन्डिङ च्याम्पियन हो। दोस्रो संस्करणमा उपविजेता बनेको सलहेसले तेस्रो संस्करणमा उपाधि जितेको थियो।

बुधबार फिदिमको जितमा महत्वपूर्ण भूमिका खेलेका मिराक खजुम ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप ७ हजार रुपैयाँ बराबरको अलैंची प्राप्त गरे।

ताप्लेजुङ देशभरमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाका रूपमा परिचित छ। अलैंचीको प्रवर्द्धन गर्ने उद्देश्यले मिक्वाखोला गाउँपालिका–४ का विजय साँवा लिम्बूले प्रतियोगिताका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार दिने गरी प्रायोजन गरेका हुन्।

साँवा संयोजक रहेको दोस्रो फङफङदेन झरना पर्यटन महोत्सवका अवसरमा आयोजित फुटबल प्रतियोगितामा पनि आयोजकले विजेता र उपविजेतादेखि सर्वोत्कृष्ट तथा उत्कृष्ट खेलाडीलाई नगदको सट्टा सोही मूल्य बराबरको अलैंची पुरस्कार प्रदान गरेका थिए।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार बिहीबार खेललाई विश्राम दिइनेछ भने भदौ १९ गते फाइनल खेल सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिनेछ।

त्यस्तै, विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको अर्को आकर्षणका रूपमा फाइनल दिन भाग्यशाली दर्शकले टिभिएस कम्पनीको एक थान स्कुटरसमेत जित्न सक्नेछन्। त्यसका लागि खेल हेर्न टिकट काटेका दर्शकको टिकटको अर्धकट्टी संकलन गरी फाइनलका दिन गोलाप्रथाबाट एक भाग्यशाली दर्शक छनोट गरिनेछ।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
४२ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस