त्रिवि क्रिकेट मैदानको पहिलो चरणको काम एक महिनामा सकिन्छ : निर्माण व्यवसायी
१२ साउन २०८२
•
३ मिनेट पाठ
त्रिवि क्रिकेट मैदानको पहिलो चरणको काम एक महिनामा सकिन्छ : निर्माण व्यवसायी
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन्। आज त्यहाँ पुगेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको टोलीलाई प्याराफिट र फ्लडलाइटसहितको स्तरोन्नति कार्यअन्तर्गत पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिइएको हो।  




समितिका सभापति ठाकुर गैरे नेतृत्वको टोलीलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र मन्त्रालयका तर्फबाट निर्माणको प्रत्यक्ष अनुगमन गरिरहेका सहसचिव चक्रवर्ती कण्ठ र निर्माण व्यवसायीले कार्यप्रगतिबारे जानकारी गराए।  

जानकारीअनुसार पहिलो चरणका प्यारापिट र फ्लडलाइटसमेत गरी दुवैतर्फ करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। ‘पहिलो चरणको निर्माण सकिएपछि १० हजार र दोस्रो चरणमा २५ हजार दर्शक अट्ने गरी सिट क्षमता विस्तार गरिने छ। सिट ढलानतर्फ पहिलो चरणमा गर्नुपर्ने १२ मध्ये १० वटा ब्लकको ढलान भइसकेको छ। ढलान सम्पन्न भएका ठाउँमा सिटहरू जडान गरिएको र अन्तिम चरणका एक हजार ७०० सिट भारतबाट आउँदै छन्,’ सचिव सिग्देलले भने।

रंगशालामा रातिसमेत खेल सञ्चालन गर्ने उद्देश्यले जडान हुन लागेका छ वटा फ्लडलाइटका लागि जमिनमुनि गर्नुपर्ने सबै कार्य सम्पन्न भएको र भारतबाट तीन वटा स्ट्यान्ड ल्याइसकिएको उनले बताए।  

त्यसमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदै गरेको पनि जानकारी गराइएको थियो। रंगशाला निर्माणका लागि पहिलो र दोस्रो चरण गरी कुल रु छ अर्ब लागत अनुमान गरिएको छ।  

प्रथम चरणलाई सम्पन्न गरेर नेसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै खेलाउने लक्ष्य राखिएको छ। संसदीय टोलीलाई जमिनको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका चासोलाई सम्बोधन गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो। ‘लिजमा जमिन लिएर क्रिकेट मैदान सञ्चालन गर्न क्यान र विश्वविद्यालयबिच भएको सम्झौता आगामी वैशाखमा सकिने भएकाले त्रिविका चासो सम्बोधन गर्दै छलफल गराउनुपर्ने जानकारी पनि दिएका छौं,’ मन्त्रालयका सचिव सिग्देलले भने।  

संसदीय टोलीलाई खेलकुद मन्त्रालयका पदाधिकारीका साथै क्यानका सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए। अनुगमन टोलीमा सभापति गैरेका साथै समिति सदस्यहरू तुलसाकुमारी दाहाल, दीलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमिल्सेना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, लासप्रसाद साँवा लिम्बू, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा र हितराज पाण्डे थिए।  

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समिति सभापति गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबहालीकै दिन उद्घोष गरे अनुसार काम भइरहेको बताए। रंगशालाबारे देशभर चासो रहेकाले आफूले त्यहाँ भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको र प्रतिकूल मौसमका बाबजुद निर्माण कार्य एक महिनाभित्र सम्पन्न हुने दिशातर्फ अघि बढिरहेको पाइएको जानकारी दिए।

क्यान सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानले धेरै खेलप्रेमीको सपना बोकेको बताउँदै दोस्रो चरणको एनपिएल त्रिवि मैदानमा फ्लडलाइटमा खेल्ने लक्ष्य पूरा गर्ने गरी काम भइरहेको बताए। साथै देशका विभिन्न स्थानमा सिन क्रिकेट मैदानका लागि कार्य सुरु भएको खड्काको भनाइ थियो। रासस
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस