पोखरामा सुरु भयो दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता
१७ भदौ २०८२
•
३ मिनेट पाठ
पोखरामा सुरु भयो दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता
दोस्रो राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । तस्बिर : सन्देश श्रेष्ठ/नागरिक
नेपाल खुल्ला स्नुकर प्रतियोगिता पोखरामा शुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा आजदेखि पोखरामा नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को दोस्रो संस्करण शुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् एण्ड बारमा भदौ २८ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  




प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा हटौंडाका जेनिस श्रेष्ठले पोखराका प्रताप गुरुङ, दावा शेर्पा (ब्रेक प्वाईन्ट)ले बिजय कुमाल (ब्रदर्श)लाई, आकाश श्रेष्ठ (ब्रेक प्वाईन्ट)ले बुटवलका ओरेओ थापालाई र कृष्ण पौडेल (ब्रेक प्वाईन्ट)ले मिलन खत्री (दीप लभ)लाई हराउँदै बिजयी यात्रा शुरु गरेको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक सोम विकले जानकारी दिए ।  

प्रतियोगितामा देशभरका १३६ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिता खेल्न राजधानी काठमाडौंसहित पूर्वको झापास्थित विर्तामोड, सुनसरीको धरान, ईटहरी, मोरङको विराटनगरदेखि पश्चिमको बुटवल, नेपालगञ्जसम्मका खेलाडीहरुले सहभागिता जनाएको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालिका अध्यक्ष सोम विकले जानकारी दिए । प्रतियोगितामा नेपालका टप–१६ को र्याङ्किङमा पर्ने खेलाडीहरुले पनि सहभागिता जनाएका उनले दाबी गरे । उनले भने,‘नेपालका प्राय: सबै सहरका खेलाडीहरुले सहभागिता जनाउनु भएको छ, र्याङ्किङमा पर्ने खेलाडीहरु हुनुहुन्छ ।’  

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले स्नूकर खेल पर्यटनको एउटा कम्पोनेन्ट भएको बताए । खेल पर्यटनको माध्यमबाट समृद्दि हासिल गर्न सकिने भन्दै उनले भने,‘पोखरा पर्यटनको राजधानी हो । यस्तै प्रतियोगिताहरुले पर्यटनमा सघाउँछ ।’ उनले स्नूकर खेलमा धैर्यता आवश्यक हुने बताए । त्यसैले वास्तविक जीवनमा पनि यस खेलले अनुशासन र धैर्यता गर्न सिकाउने उनको दाबी छ । मेयर आचार्यले स्नूकर खेल सर्वाधिक रुचाइएको खेल भएको बताए । आयोजक र अन्य अतिथिले स्नूकर खेललाई खेल नमान्ने, हेप्ने गरेको भन्दै गुनासो गरेपछि उनले भने,‘यो हेपिएको खेल होईन, रुचाइएको खेल हो । आँधी, हुरी, बतास, वर्षा वा घाम लाग्दा पनि खेल्न सकिने खेल हो ।’  

पोखरा–१७ की वडाध्यक्ष राधिका साही योगीले स्नूकर प्रतियोगिताले पोखरा भ्रमण वर्षलाई सघाउने बताईन् । स्नूकर खेल शारिरिक र मानसिक स्वस्थताका लागि महत्वपूर्ण भएको बताउँदै यसले अनुशासन पनि सिकाउने बताईन् ।  

विलियार्ड स्नुकर तथा पुल संघ नेपालका अध्यक्ष सरोज मुल्मीले स्नूकर खेलको विकासमा संघ, प्रदेश र स्थानिय सरकारसँगै राष्ट्रिय खेलकुद परिषदलगायतले सघाउनुपर्ने बताए । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्नूकर खेललाई समावेश गर्न आग्रह गरे । त्यसका लागि आफूहरुले दवाब दिइरहेको बताउँदै उनले भने,‘दशौं राष्ट्रिय खेलकुदमा स्नूकर खेल समावेश हुन्छ र गर्नुपर्छ ।’ उनले आफूहरुले पनि चाँडै नै अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाई थियो ।  

पूर्व अन्र्तराष्ट्रिय खेलाडी तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेललाई सरकारी तहबाट सहयोग नभइरहेकोप्रति आक्रोस व्यक्त गरे । खेलकुदमा राजनीतिक चलखेल भइरहेको भन्दै त्यसको अन्त्य गरिनुपर्ने उनको भनाई थियो ।  

प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २ हजार २ सय २ रुपैयाँ र द्वितीय हुनेलाई नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सेमीफाईनल पुगेका दुई जनालाई जनही २५ हजार तथा प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २० हजार रुपैयाँ र सेञ्चुरी ब्रेकर्सलाई हरेक खेलमा ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष विकले बताए ।  
अर्को समाचार
पोखरामा भदौ दोश्रोसाता राष्ट्रिय खुल्ला स्नुकर
२९ साउन २०७९
•
२ मिनेट पाठ
पोखरामा भदौ दोश्रोसाता राष्ट्रिय खुल्ला स्नुकर
प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ बारे जानकारी गराउँदै आयोजक। तस्बिरः सन्देश÷नागरिक
पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुन लागेको हो।  




प्रतियोगिता पोखरा–८ स्थित डेभिज स्नुकर क्लवमा सञ्चालन हुने आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। विलियार्ड स्नुकर खेलको विकास, बिस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका खेलाडीले सहभागिता जनाउन पाउने संघले जनाएको छ।

प्रतियोगितामा करीब एकसय जना प्रतियोगिता सहभागि हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक शंकर गुरुङले बताए। उनका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडीहरु प्रतियोगितामा सहभागिताका लागि आउँदैछन्। खेल नकाउटका आधारमा हुने उनले बताए।

स्नुकर खेलपनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सागरकुमार साईले जानकारी दिए। ‘खेल बुझाउँदै यसप्रति रुची बढाउने र नया खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य हो,’ उनले भने।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५१ हजार १ सय ११, द्वितीय हुनेलाई ७१ हजार १ सय ११ र सेमिफाईनल पुगेका दुईजनालाई जनही १५ हजार १ सय ११ प्रदान गरिने अध्यक्ष साईले बताए। त्यस्तै प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने उनले बताए।

प्रतियोगिता समापनको अवसरमा विलियार्ड स्नुकर खेल स्थापित गर्न महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने संघका महासचिव सविन जिसीले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघले जनाएको छ। सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न संघसंस्था र व्यक्तिहरुबाट संकलन गरी जुटाईने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताए।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस