खेलकुदमा वर्ष २०२५: मेस्सीको भारत भ्रमणदेखि, जोन सिनाको सन्याससम्म
१६ पौष २०८२
•
४ मिनेट पाठ
खेलकुदमा वर्ष २०२५: मेस्सीको भारत भ्रमणदेखि, जोन सिनाको सन्याससम्म
अग्रेजी नयाँ वर्ष भोलिदेखि सुरु हुँदैछ। यतिबेला विश्व सन् २०२५ लाई बिदाई गर्दै २०२६ लाई स्वागत गर्न  तयार छ।  




हरेक वर्ष हरेक क्षेत्रमा नयाँ कुरा हुँदै जान्छ। यस वर्षपनि हरेक क्षेत्रमा केही नयाँ कुराहरु भएको छ। यो अवस्थामा सन् २०२५ मा विश्व खेलकुद जगतमा के- के भयो? कतै ठूलो उपलब्धी हासिल भयो भने, कतै विश्वलाई चकित पार्ने कुरा भयो।

के- के भयो सन् २०२५ मा विश्व खेलकुद जगतमा?

भारतीय महिलाको पहिलो विश्वकप उपाधि

यस वर्षको खेलकुदमा सबैभन्दा रोचक कुरा भारतीय महिला टोलीले पहिलो एकदिवसीय विश्वकप जित्नु रहेको छ।  

आफनै घरेलु भूमिमा पहिलो पटक विश्वकपको उपाधि जित्दैँ, भारतले महिला क्रिकेटमा एउटा नयाँ अभ्याय सुरु गरेको हो।  

दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै यस वर्ष भारतले महिला क्रिकेटलमा एउटा नयाँ आश जगाएको हो। उपाधि जित्नुअघि भारत दुई पटक विश्वकपको फाइनल पुगेको थियो।  

फिफा क्लब विश्वकप

यस वर्षको अर्को लोकप्रिय कुरा हो, फिफा क्लब विश्वकप। संयुक्त राज्य अमेरिकाले आयोजना गरेको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो।

यसवर्ष सो विश्वकपमा कूल ३२ टोलीले सहभागीता जनाएका थिए।

एक महिना लामो समयसम्म चलेको सो विश्वकपले यो वर्ष दर्शक र पूरै विश्वको ध्यान तान्न सफल रह्यो।  

जोन सिनाको सन्यास  

जोन फेलिक्स एन्थोनी सिना यो अन्तर्राष्ट्रिय खेलकुदको निकै चचर्ति नाम हो। विश्व रेस्लिङ मनोरञ्जन (डब्लुडब्लुई) को राजाको रुपमा परिचित जोन सिनाले यस वर्ष औपचारिक रूपमा रिङबाट सन्यास लिएका छन्।  

‘यु क्यान्ट सी मी’ भन्ने उनको यो शब्द विश्वभर हरेक व्यक्तिको मुखमा आउने शब्द हो। आफनो २४ वर्षको लामो करिअरमा पूर्णविराम लगाएका उनले रिङबाट सन्यास लिदाँ यो वर्षको सबैन्दा चकित र भावुक क्षण बन्न्न पुग्यो।

रेस्लिङले मात्र होइन, यस वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा एउटा युग समाप्त भएको छ।  

रोयल्स च्यालजेन्स बंग्लुरुको पहिलो आईपीएल उपाधि

सन्  २०२५ मा इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटा इतिहास रचिएको छ। आईपीएलको इतिहासमा पहिलो पटक रोयल्स च्यालजेन्स बंग्लुरु (आरसीबी)ले यो वर्ष उपाधि जित्न सफल रह्यो।  

१७ वर्ष लामो प्रतिक्षापछि आरसीबी यो वर्ष सफल रहेको हो। पन्जाव किंग्सलाई ६ रनले पराजित गरेसँगै आरसीबीको लागि यो वर्ष एकदमै सम्झनलायक बनेको छ।  

तीन पटक फाइनलमा पुगेर उपाधिबाट विमुख रहेको आरसीबीको लागि यो वर्ष सुखद बन्यो ।

कार्लोस अल्काराजले जिते पहिलो ओपन फ्रेन्च टेनिसको उपाधि

फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको उपाधि कार्लोस अल्काराजले पहिलो पटक जिते। २१ वर्षिय स्पेनिस कार्लोसले यो वर्ष टेनिसको नयाँ अध्याय सुरु गरे।  

पहिलो उपाधि जितेर विश्वलाई चकित गरेका उनले स्पेनकै लिजेण्ड रफायल नाडालको कीर्तिमान पनि तोडेका छन्।  

उनको यो सफलतालाई यो वर्षाको सम्झनलायक प्रदर्शन मानिन्छ।  

नेपाली टोलीले टेष्ट राष्ट्रलाई हरायो

विश्व क्रिकेट जगतले यस वर्ष एउटा नयाँ कुरा पायो। त्यो हो, नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट राष्ट्रलाई हराएको।  

युनिटि कप अन्तर्गत भएको खेलमा नेपालले टेष्ट राष्ट्र  वेस्ट इन्डिजलाई हराउँदै विश्व क्रिकटमा एउटा नयाँ अध्याय सुरु गर्यो। नेपालले पहिलो पटक टेष्ट राष्ट्रलाई पराजित गरेको हो। एसिया र नेपाल मात्र नभई त्यसबेला सिंगो विश्व खेलकुदको ध्यान नै त्यसतर्फ थियो।  

नेपालको यो प्रदर्शन सन् २०२५ को एकमध्य सम्झनालायक खेल हो।  

क्रिस्टल प्यालेसको पहिलो प्रमुख उपाधि  

गत १७ मे मा म्यानचेस्टर सिटीलाई पराजित गर्दै क्रिस्टल प्यालेसले  एफए कपको पहिलो उपाधि जितेको छ। यस वर्षको फुटबल जगतमा सम्झनलायक खेल यो पनि एक हो।  

पहिलो पटक घरेलु उपाधि जितेको क्रिस्टल प्यालेसको लागि यो अवसरको लागि  १९ वर्ष कुरन पर्यो। क्लबको इतिहासमा पहिलो ट्रफी जितेको क्रिस्टलको लागि यो वर्ष निकै सुखद रहेको छ।  

उपाधिको प्रमुख दाबेदारको रुपमा रहेको  म्यानचेस्टरलाई उपाधिबाट विमुख गर्नु नै उसको लागि यो ठूलो उपलब्धी हो।  

विराट र रोहितको टेष्ट क्रिकेटबाट सन्यास

भारतका निकै चचार्ति खेलाडी विराट कोहली र रोहित शर्माले यस वर्ष टेष्ट क्रिकेटबाट सन्यास लिए।  

उनीहरु दुवैले गत मे को पहिलो साता टेष्टबाट सन्यास घोषाण गरेका हुन्। रोहितले सामाजिक सञ्जाल र कोहलीले इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्न्यास लिने घोषण गरेका थिए।  

उनीहरुको सन्यासबाट भारत मात्र नभई विश्व क्रिकेट नै उदास बन्न पुगेको थियो।  

मेस्सीको भारत भ्रमण  

यस वर्षको सबैभन्दा चर्चामा रहेको विश्व खेलकुदको कुरा हो मेस्सीको भारत भम्रण।  

फुटबलको राजा मानिने अर्जिन्टिनमा लियोनल मेस्सी यही महिना भारत भम्रणमा आएका थिए।उनको यो भ्रमणले विश्व खेलकुदको माहोल एकदमै चर्चति भएको थियो।  

क्रिकेटको कारखानको रुपमा रहेको भारतमा फुटबलका स्टार आउँदा विश्व नै यो कुराले चकित हुन पुग्यो।

‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत मेस्सी भारतमा ३ दिन रहे। जसले गर्दा यो वर्षको अन्तिममा खेलकुदको माहोल तातेको थियो।
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
५९ सेकेन्ड अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस