महिला टी–२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि
०२ माघ २०८२
•
४ मिनेट पाठ
महिला टी–२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि
आइतबारदेखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ। आयोजक राष्ट्र नेपालसहित कुल १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डरअनुसार नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो।




यस कारण नेपाली क्रिकेटप्रेमीको ध्यान छनोट खेलतर्फ केन्द्रित छ। प्रतियोगिताअघि अधिकांश टोली नेपाल आइसकेका छन् भने केही टोली अभ्यास खेलमा व्यस्त छन्। बाँकी टोली पनि क्रमशः नेपाल आइपुग्ने क्रममा छन्। नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यासका लागि त्रिवि क्रिकेट मैदान र मूलपानीका दुवै मैदान उपलब्ध गराएको छ।

यस ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

छनोट प्रतियोगितामा समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्यूगिनी, नामिबिया र संयुक्त राज्य अमेरिका छन्। समूह ‘बी’ मा आयोजक नेपालसँगै थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन्।

समूह ‘ए’

बंगलादेश

यो छनोट खेल्ने सबैभन्दा बलियो टोलीका रूपमा बंगलादेशलाई हेरिएको छ। चार पटक महिला टी–२० विश्वकप खेलेको बंगलादेशले हालसम्म उपाधि भने जित्न सकेको छैन। उसले चार पटक क्षेत्रीय छनोट खेलेको छ भने पहिलो पटक ग्लोबल छनोटमा सहभागिता जनाउन लागेको हो।

आईसीसी महिला टी–२० वरियतामा १०औँ स्थानमा रहेको बंगलादेश समूह ‘ए’ मात्र होइन, समग्र १० टोलीमध्ये पनि सबैभन्दा बलियो टोली मानिन्छ। धेरैको अनुमानमा बंगलादेश शीर्ष चारमा पुग्ने पहिलो टोली बन्नेछ।

आयरल्यान्ड

समूह ‘ए’ को अर्को बलियो टोली आयरल्यान्ड हो। आयरल्यान्डले चार पटक महिला टी–२० विश्वकप खेलेको छ। सन् २०१४ र २०१८ मा पाकिस्तानलाई हराउँदै आयरल्यान्डले विश्वकपमा जित पनि निकालेको थियो।

छ पटक क्षेत्रीय छनोट खेलेको आयरल्यान्ड पहिलो पटक ग्लोबल छनोट खेल्दैछ। हालसम्म विश्वकप उपाधि नजिते पनि आयरल्यान्डलाई शीर्ष चारको दाबेदार मानिएको छ।

पपुवा न्यूगिनी (पीएनजी)

पीएनजीले हालसम्म महिला टी–२० विश्वकप खेलेको छैन। आईसीसी वरियतामा १३औँ स्थानमा रहेको पीएनजी यसपटक पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ।

उसले पाँच पटक एसिया–प्यासिफिक क्षेत्रीय छनोट खेलेको छ र दुई पटक ग्लोबल छनोटमा सहभागिता जनाइसकेको छ। आइतबारबाट सुरु हुने प्रतियोगितामा पीएनजी तेस्रो पटक ग्लोबल छनोट खेल्दैछ।

नामिबिया

नामिबियाले पनि हालसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन। उसले सन् २०१८, २०१९ र २०२२ मा गरी तीन पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।

पाँच पटक अफ्रिका क्षेत्रीय छनोट खेलेको नामिबिया आईसीसी वरियतामा १८औँ स्थानमा छ। यसपटक नामिबिया पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यमा छ।

संयुक्त राज्य अमेरिका

अमेरिका एक पटक मात्रै विश्वकप ग्लोबल छनोटमा सहभागी भएको छ। आईसीसी वरियतामा २५औँ स्थानमा रहेको अमेरिका यो छनोट खेल्ने सबैभन्दा तल्लो वरियताको टोली हो।

उसले पाँच पटक अमेरिका क्षेत्रीय छनोट खेलेको छ तर हालसम्म महिला टी–२० विश्वकपमा स्थान बनाउन सकेको छैन।

समूह ‘बी’

नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोटको आयोजक राष्ट्र नेपाल समूह ‘बी’ मा परेको छ। आईसीसी वरियतामा २१औँ स्थानमा रहेको नेपाल यो प्रतियोगिताको नवौँ वरियताको टोली हो।

तीन पटक क्षेत्रीय छनोट खेलेको नेपाल पहिलो पटक ग्लोबल छनोटमा सहभागी हुँदैछ। घरेलु मैदानमा खेल्दै नेपाल पहिलो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ।

स्कटल्यान्ड

समूह ‘बी’ को सबैभन्दा बलियो टोलीका रूपमा स्कटल्यान्डलाई हेरिएको छ। आईसीसी महिला टी–२० वरियतामा ११औँ स्थानमा रहेको स्कटल्यान्ड एक पटक महिला टी–२० विश्वकप खेलिसकेको छ।

उसले यसअघि पाँच पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।

थाइल्यान्ड

थाइल्यान्ड आईसीसी महिला टी–२० वरियतामा १२औँ स्थानमा छ। उसले सन् २०२० मा पहिलो पटक महिला टी–२० विश्वकप खेलेको थियो।

थाइल्यान्डले पाँच पटक विश्वकप ग्लोबल छनोट खेलिसकेको छ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्स समूह ‘बी’ को अर्को प्रतिस्पर्धी टोली हो। हालसम्म विश्वकपमा स्थान बनाउन नसकेको यो टोली आईसीसी वरियतामा १४औँ स्थानमा छ।

नेदरल्यान्ड्सले तीन पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।

जिम्बाबे

आईसीसी वरियतामा १५औँ स्थानमा रहेको जिम्बाबेले पनि हालसम्म महिला टी–२० विश्वकप खेलेको छैन।

उसले एक पटक ग्लोबल छनोट र दुई पटक अफ्रिका क्षेत्रीय छनोट खेलेको छ। जिम्बाबे सन् २०१३ र २०१५ मा अफ्रिकी छनोटमा सहभागी भएको थियो भने सन् २०२४ मा विश्वकप ग्लोबल छनोट खेलेको थियो।
अर्को समाचार
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
६ मिनेट अघि
•
१ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।




सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।

टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।

ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।

सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। 
गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस