करिब एक दशक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन चाहना राखेपछि प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिक चासो बढेको छ।
‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतको प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै महँगा विज्ञ नियुक्ति गरी गत आर्थिक वर्ष २०८१/८२ मा तलबभत्तामा मात्रै ठुलो खर्च गरेको पाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको चर्चासँगै दुई मुलुकबिचको ‘सुपुर्दगी सन्धिको पुनरवलोकन गर्ने तथा पारस्परिक कानुनी सहायता’को पाठलाई अन्तिम रूप दिने सहमति भएको छ।