सभापति देउवा अब निकट भविष्यमै प्रधानमन्त्री बन्न लागेको भन्दै भण्डारीले प्रधानमन्त्री बनेपछि गर्ने कामको पर्याप्त पूर्व तयारीमा जुट्नुपर्नेमा पनि जोड दिए।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।
‘आज सडकमा १०/१५ हजार मानिसको जुलुस निस्किदा हामी किन तर्सिरहेका छौँ भन्दा हामीसँग केही खोट छ, त्यहाँ केही कमजोरी छ। हामीले बदमासी गरेका छौँ, त्यसैले हामी डराइरहेका छौँ।’