मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिल...
चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ।
पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन्।
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आव २०८०/२०८१ मा भित्रिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्ष तीन लाख ६ हजार आठ सय ३७ जना पर्यटक निकुञ्ज प्र...