नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेले दुईतिहाइ मत संख्याको बलमा संविधान संशोधन गरेर साना दलहरूको अस्तित्व मेटाउन खोजेको अभिव्यक्ति दिएका छन्।
कांग्रेस र एमालेबीचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३/३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्र...