२४ अर्ब ७१ करोड बेरुजुमध्ये तीन अर्ब ४२ करोड ९१ लाख रुपैयाँ असुल उपर गर्नुपर्ने, १८ अर्ब ९५ करोड ५२ लाख नियमित गर्नुपर्ने र म्याद नाघेको पेस्की २ अर्ब ३३ करोड १९ लाख बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु ७ अर्बको उकालो चढेको छ। बुधवार सार्वजनिक प्रतिवेदनअनुसार हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको हो।
लेखापरीक्षणबाट विभिन्न सैद्धान्तिक बेरुजुका अतिरिक्त ९१ अर्ब ६० करोड लगती बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। जुन कुल लेखापरीक्षणको ०.९६८ प्रतिशत हुन आउँछ।