यिनीहरूबिच भूगोल फरक भए पनि सङ्घर्ष, बलिदान र आदर्शको आधार भने समान छ। मण्डेलाले श्वेत सत्ताविरुद्ध लड्दा २७ वर्ष जेल जीवन भोगे, अधिकारीले वर्गीय उत्पीडनको विरुद्ध आवाज उठाउँदा १७ वर्ष जेल जीवन भोगे।
रंगभेद तथा निरंकुश शाासनविरुद्धको राजनीतिक संघर्षमा नेल्सन मन्डेलाले आफ्नो जीवन बिताए। दक्षिण अफ्रिकी जनताको स्वतन्त्रता, न्याय तथा लोकतन्त्र प्राप्तिका लागि २७ वर्षको कठोर कारागार भोगे।