नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल २० रन, दोस्रो १५ रन र तेस्रो १० विकेटले हारेको थियो । थाइल्यान्डसँगको खेलमा नेपाल पहिलोमा ४ विकेट, दोस्रोमा ५ रन र तेस्रोमा ७ विकेटले पराजित भयो ।
नेपालले काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजमा लगातार चौथो हार बेहोरेको छ। आफ्नो चौथो खेलमा मंगलबार थाइल्यान्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि यात्रा समाप्त भएको हो।
प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल रहेको छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो अपराजित यात्रा कायम राखेको हो । ३ खेलबाट उसको ६ अंक भएको छ । चार खेल खेलेको नेदरल्यान्ड्सको ४ अंक...