जनकपुरमा आर्मीलाई पहिलो इनिङ्समा २७६ रनमा रोक्दै आफ्नो इनिङ्स थालेको बागमतीले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाए १२४ रनमात्र बनाएको छ । बागमती अझै १५२ रनले पछि छ र ऊसँग ५ विकेटमात्र बाँकी छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन कुल २९ विकेट झरेको छ । पहिलो दिन स्पिनरहरुले घातक बलिङ गर्दा चारै टिमको ब्याटिङ लाइनअप ध्वस्त बनेको हो ।
हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाज...