नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल २० रन, दोस्रो १५ रन र तेस्रो १० विकेटले हारेको थियो । थाइल्यान्डसँगको खेलमा नेपाल पहिलोमा ४ विकेट, दोस्रोमा ५ रन र तेस्रोमा ७ विकेटले पराजित भयो ।
बिहीबार भएको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पार्यो । थाइल्यान्डको भने यो पहिलो हार हो । उसले यसअघिका सबै चार खेलमा जित निकालेको थियो ।
नेपालले काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजमा लगातार चौथो हार बेहोरेको छ। आफ्नो चौथो खेलमा मंगलबार थाइल्यान्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि यात्रा समाप्त भएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।