चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ...
शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।
असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन्। यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ।