सरकारले संविधान संशोधनको मुद्दालाई अगाडि बढाउने तयारी गरेको बताइएको छ । सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सातबुँदे समझदारीमा मुख्य बुँदाका रूपमा संविधान संशोधन नै थियो ।
यसबीचमा पुन गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर, उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।