जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम माइनस ३ डिग्रीमा ओर्लिएको छ। केही दिनयता जुम्लामा चोकचोकमा आगो बालेर ताप्नेहरू बाक्लै देखिएका छन्।
महाशाखाले देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको भन्दै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको बताएको छ।
मौसम परिवर्तनसँगै देखिने रोगहरू अरू समयमा देखिनेभन्दा केही फरक हुन्छ। यसबाट बच्न विशेष ध्यान पुर्याउनुपर्छ। कुनै रोग जाडोयाममा मात्र देखिने पनि हुन्छ भने केही जाडो समयमा बल्झिने हुन्छ।