कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका - ४ राचुलीस्थित बर्षातका कारण पहिरो जाँदा अवरुद्ध सडक अवरुद्ध भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।
राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।
भारी वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ५० ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन चलाउनमा समस्या भए...