कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।
जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारीमा छन्। समयमै मल नपाउँदा उनले रोपाइँ दुई/तीन दिन ढिला गर्न बाध्य भए। उनी जस्तै सोही गाउँका सरिफ खान पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सकेका छैनन्...