क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
त्रिवि किक्रेट मैदान कीर्तिपुरमा जारी पाँच खेलको तेस्रो टी–२० मा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिज ‘ए’ ले दोस्रो ओभरमा पहिलो विकेट गुमाए पनि पछिल्ला ओभरमा दमदार ब्याटिङ्ग गरिरहे...