आफू रक्षामन्त्री हुँदा सन् २०१६ मा उक्त परियोजनाको अध्ययनका लागि भएको सम्झौतामा अमेरिकी कानुन लागु हुने व्यवस्थाप्रति विरोध नगरेका रावलले २०१७ मा भएको सम्झौताप्रति भने विरोध गर्दै आएका छन्।
उद्घाटन सत्रअगाडि पनि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।
असोजमा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज परिस्थिति देखिएको छ । पदाधिकारीका लागि करिब ६० नेता आकांक्षी देखिएका छन्।
रावलले महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन सहयोग गर्न हालका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरे। रावलले भने,‘अध्यक्ष केपी शर्मा ओलीज्यूले अब म पार्टी अध्यक्षमा दोहोरिन्नँ, अर्को पुस्तालाई नेतृत्व हस...
अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्।