पोखराका विभिन्न ठाउँका पुराना रुख काटिएपछि आलोचित पोखरा महानगरपालिकाले कटान गरिएका काठदाउरा कब्जामा लिएको छ। पोखरामा कोटीहोम गर्ने भन्दै वर, पीपल र समीका पुराना रुख काटेर दाउरा थुपारेको महानगरपालिकाले...
पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।