उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको बताए। राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।
काँग्रेस राष्ट्रपति र सभामुख पाउने सर्तमा मात्र दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्ने कसरत पनि गर्दैछ। तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए काँग्रेस र नेकप...