विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएपछि दुई खेलअगावै राष्ट्रिय महिला लिग फुटबलको विजेता बनेको एपिएफले अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ।
जारी लिगमा कमजोर मानिएको चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काइन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको खेलमा रजनी थोकरले इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।
लिगअन्तर्गत शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीले गोललय कायम राख्दा एपिएफले वालिङमाथि ३–० को सहज जित हात पारेको हो।
सविता रानामगरले ह्याट्रिक पूरा गर्दा सोमबार राष्ट्रिय महिला लिगमा चौदण्डीगढी नगरपालिकाविरुद्ध चन्द्रपुर नगरपालिका रौतहटले ७–१ को फराकिलो जित निकालेको छ।