जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका– ६, फर्सवाकी ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए।
'मरेको भैँसीको मासु खाएका थप स्थानीय नखुल्दा रोकथाममा समस्या निम्तिन सक्छ, रेबिजको पहिचान, परीक्षण र रोकथाम सुरुआत गरिएको छ', उनले भने। गत बिहीबार भुम्लुबेँसीमा मरेको राँगोमा रेबिज रोग पुष्टि भएपछि स्...