वन मन्त्रालयका अनुसार २०७९ साउन १ बाट २०७९ पुस ३ सम्म करिब ६ महिनाको अवधिमा २१ वटा आयोजनालाई ३१३ भन्दा बढी हेक्टर जग्गा विभिन्न निकाय तथा निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिइएको छ।
वन तथा कृषि समूहमा तोकिएको दरबन्दीअनुसार सचिव हुँदाहुँदै सरकारले कृषि विभागका महानिर्देशक तथा सहसचिव डा. रेवतीरमण पौडेललाई वन मन्त्रालयको सचिवमा कायम मुकायम मुकरर गरेको छ।
सहभागितामूलक वन महाशाखाका महाशाखा प्रमुख धनञ्जय पौडेल, जैविक विविधता महाशाखाका महाशाखा प्रमुख मेघनाथ काफ्ले तथा प्रशासन महाशाखा प्रमुख शिव रेग्मी हाल विदेश भ्रमणमा छन्।
२ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना गरी समायोजन गर्नका लागि...