शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।
पत्रमा शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि मिति २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षहरुको दरबन्दीको विवरण प्राप्त भई शिक्षक सेवा आयोगमा पठाइसकेको जनाएको छ।
आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाल...