पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आइतबार रातिको अविरल वर्षाका कारण गएको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी...
अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।
लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।
सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।