इन्टरनेट बेच्ने ग्राहक कारबाहीमा
१६ असोज २०७०
•
५ मिनेट पाठ
इन्टरनेट बेच्ने ग्राहक कारबाहीमा
काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग सेवा किनेर पुनः बिक्री गर्ने साइबर वा संस्थालाई कारबाही सुरु गरेको छ। प्राधिकरणसँग लाइसेन्स लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीले अरु संस्था र साइबरलाई सेवा बिक्री गर्न सक्ने तर ती संस्था र साइबरले आफ्नै नाममा अन्य सेवाग्राहीलाई पुनः बिक्री गर्न नमिल्ने भन्दै प्राधिकरणले अनुगमन गर्दै कारबाही थालेको हो।प्राधिकरणले इन्टरनेट सेवा लिएर पुनः बिक्री गरेको आरोपमा बागलुङ नगरपालिका–२ स्थित हाइपरलिंक साइबरलाई पहिलोपटक कारबाही गरेको छ। प्राधिकरणका निर्देशक आनन्दराज खनालले अवैध रुपमा इन्टरनेट सेवा बिक्री गरेको आरोपमा अख्तियारमा उजुरी परेपछि छानबिन गर्दा दोषी पाइएकाले उक्त साइबरलाई कारबाही गरिएको बताए। 'भिओआइपी कार्ड पनि बाहिरको प्रयोग गरिएको पाइयो,' खनालले भने । साइबरले आफ्नो प्रयोजनको लागि लिएको इन्टरनेट सेवा सेवाग्राहीलाई बिक्री गरेका कारण कारबाहीमा परेको उनले बताए।

प्राधिकरणले हाइपरलिंकको साइबर क्याफे बन्द गरी ५० हजार जरिवाना र त्यो अवधिमा व्यान्डविथ प्रयोग भएकाले १ लाख ३७ हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिराउने निर्णय गरेको छ । दूरसञ्चार प्राधिकरण ऐनको दफा ४७ को उपदफा २ अन्तर्गत कारबाही भएको प्राधिकरणले जनाएको छ । ऐनअनुसार ५ लाखसम्म जरिवाना गर्ने मिल्ने खनालले बताए।

'इन्टरनेट सेवा प्रदायक र साइबर वा अन्य कुनै संस्थाबीच पुनः बिक्री गर्ने सम्झौता भएको र बिक्री गर्दा इन्टरनेट सेवा प्रदायकको नै बिल प्रयोग गरिएको छ भने कारबाही हुँदैन । सम्झौता र बिल भएन भने कारबाही हुन्छ,' खनालले भने ।

प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले पहिलोपटक यस्तो विषयमा कारबाही भएको जानकारी अब प्राधिकरणले कसैको उजुरीको आधारमा छानबिन गर्ने र शंकास्पद ठाउँमा अनुगमन गरी कारबाही गर्ने बताए । 'हामी जोसुकैको उजुरीको आधारमा पनि अनुगमन गर्ने सक्छौं र दोषी पाइए कारबाही गर्छौं,' उनले भने ।

अहिले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत स्वीकृत लिने इन्टरनेट सेवा प्रदायकको संख्या ४१ पुगेको छ । विभिन्न होटल, रेस्टुरेन्ट, किराना पसल, संस्था, साइबरले इन्टरनेट सेवा प्रदायकसँग इन्टरनेट लिएर सेवाग्राहीलाई पुनः बिक्री गर्ने क्रम बढिरहेको बेलामा प्राधिकरणले यस्तो विषयमा कडाई गर्ने थालेको हो ।

होटललगायतको क्षेत्रमा सेवा दिएबापत पैसा लिएपछि इन्टरनेटको पनि बिल हुनुपर्छ । नत्र होटलले पनि इन्टरनेट बिक्री गर्ने विषयमा प्राधिकरणको ध्यानाकर्षण हुने निर्देशक खनालले बताए । 'होटलले ग्राहकलाई आफूले सेवा प्रदायकसँग लिएको इन्टरनेट बेच्दा कारबाही गर्ने नमिल्ने भए पनि ध्यानकर्षण हुन्छ,' उनले भने ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले साइबर वा अन्य कुनै संस्थाले इन्टरनेट सेवा प्रदायक जस्तो गरेर ग्राहक बनाएर सेवा दिन नमिल्ने बताए । प्राधिकरणले कारबाही थालेको विषय स्वागतयोग्य भए पनि दुर्गम ठाउँमा इन्टरनेट सहज पहुँचमा नहुँदा त्यसको नकारात्मक असर पर्ने बताए । 'गाउँ गाउँमा इन्टरनेट पुगेको छैन, एउटाले लिएर धेरैले प्रयोग गर्ने हुन्छन् । यस्तो अवस्थामा व्यवहारिक हुन सक्नुपर्छ,' उनले भने, 'नत्र इन्टरनेटको पहुँच बढाउनुपर्छ,'

डाटा सेवामा प्रयोगकर्ता बढ्न थालेपछि सेवा प्रदायक कम्पनी पनि प्रतिस्पर्धात्मक रुपमा आइरहेका छन् । प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कुल जनसंख्याको २६ दशमलव १० प्रतिशतले इन्टरनेट प्रयोग गर्छन् ।
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 

सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस