काठमाडौं– नेपालका लागि सामसङ मोबाइलको अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेसले ग्यालेक्सी नोट ३ स्मार्टफोन र ग्यालेक्सी गेयर स्मार्टवाच सार्वजनिक गरेको छ।डिजाइन्स योर लाइफ' नारा साथ शुक्रबार सार्वजनिक गरिएका नयाँ उपकरणहरु नविनतम विशेषतायुक्त भएको तिनले प्रयोगकर्ताको दैनिकी अझ सहज बनाउने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी नोट ३ मा एयर कमान्ड, एक्सन मेमो, एस फाइन्डर, पेन विन्डो, मल्टी विन्डो र डाइरेक्ट पेन इन्पुट जस्ता विशेषता छन् । यसमा रहेको ५.७ इन्चको फुल एचडी सुपर अमोलेड स्क्रिनले भिडियोको अतुलनीय अनुभव दिलाउने बताइएको छ । यसमा रहेको 'फाइन्ड माइ मोबाइल' प्रविधिले हराए वा चोरी भएको खण्डमा त्यसलाई काम नगर्ने बनाउन सक्ने सुविधा प्रयोकर्तालाई दिन्छ । एन्ड्रोइड ४.३ जेली बिन अपरेटिङ सिस्टम चल्ने यसमा वाइफाइ ८०२, जिपिएस÷ग्लोनास, एनएफसी, ब्लुटुथ ४.० र रिमोट कन्ट्रोल समेतको सुविधा छ । पछाडि १३ र अगाडि २ मेगापिक्सेलको क्यामेरा र ३२ जिबीको मेमोरी रहेको यो उपकरणले एकैपटकमा दुवैतिरबाट फोटो र भिडियो खिच्न मिल्छ ।
त्यसैगरी, ग्यालेक्सी गेयरमा पनि महत्वपूर्ण विशेषता रहेको बताइएको छ । यसले प्रयोगकर्तालाई नोट ३ सँग सम्बन्धित एसमएस हेर्ने, इमेल चेक गर्ने जस्ता सुविधा दिनेछ । यसका प्रयोगकर्ताले भिडियो र स्टिल तस्बिर खिचेर ग्यालेक्सी नोट ३ मा सार्न सक्ने बताइएको छ । यी उपकरण किन्ने ग्राहकलाई कम्पनीले एनसेलको ३ जिबी डाटा कार्ड निःशुल्क उपलब्ध गराउने अध्यक्ष दिपक मलहोत्राले बताए । कम्पनीले नोट ३ को मूल्य ९१ हजार पाँच सय र ग्यालेक्सी गेयरको ४६ हजार पाँच सय रुपैयाँ तोकेको छ ।