अझै सरल छैन सूचना सुरक्षा
१४ माघ २०७१
•
८ मिनेट पाठ
अझै सरल छैन सूचना सुरक्षा
सूचना प्रविधि प्रयोगबिना मान्छे एक क्षण बस्न नसक्ने भइसकेको छ। तर यसको सुरक्षित उपयोग भने अझै सरल बन्न सकेको छैन। विकसित देश यसबारे सचेत रहे पनि नेपालमा सूचना सुरक्षाको क्षेत्र फराकिलो बनेको छैन।सरकारी वा निजी कार्यालयको वेबसाइट ह्याक (अवरुद्ध) भयो भने के गर्ने? कसरी पुनः सञ्चालनमा ल्याउने? तत्काल यसको जवाफ प्रविधिमा रत्तिएका व्यक्तिले समेत दिन सक्दैनन्। यो सहज पनि छैन। समस्या समाधान गर्न सम्बन्धित कार्यालयकै प्राविधिक वा यस क्षेत्रका बाह्य जानकार/इन्जिनियरसँग समन्वय गर्नु र सहयोग लिनु पछिल्लो अभ्यास हो। सूचना असुरक्षाको समस्याबाट जोगिन, सचेत रहन र आइपर्ने समस्या समाधान गर्न व्यक्ति वा निकाय आफैं सक्षम हुन्छ, यदि ऊ यसबारे सचेत छ भने।
सूचना र सञ्चार प्रविधिको सर्वसुलभता, व्यापकतासँगै यसको सुरक्षा चुनौती प्रमुख विषय बन्दै गएको छ। प्रयोग सँगसँगै प्राविधिक क्षेत्रमा दिनहुँ दोहोरिने समस्या र विद्युतीय तथ्यांक असुरक्षित हुने क्रम बढेको छ। यो समस्या हटाउन र सूचना सुरक्षालाई प्रभावकारी बनाउन सरकारको तयारी र पहल देखिँदैन। सूचना प्रविधिमा देखिने समस्या वा दुर्घटनाको तत्काल उपचार गर्ने गरी आकस्मिक पहुँच पुर्याैउन विदेशमा थुप्रै प्रक्रिया भए पनि नेपालले अझै यस विषयमा भूमिका बढाएको देखिँदैन। 
सरकारले पहल नथाले पनि आकस्मिक पहुँच समूह नेपाल नामक संस्था भने भर्खर सुरु भएको छ। उक्त संस्थाले सुरक्षाबारे सचेतना बढाउने र आइपर्ने समस्या समाधान गर्न समन्वयको भूमिका निर्वाह गर्ने अभियान सुरु गर्न थालेको छ। 
सूचनालाई प्रमुख विषय बनाई सुरक्षाका उपायदेखि आइपर्ने भवितव्यको निकास यस निकायबाट हुने समूहका अध्यक्ष राजनराज पन्तले जानकारी दिएका छन्। विभिन्न संघ–संस्थाले यस्ता समस्याबाट तत्काल राहत दिलाउन तथा सम्भावित क्षति कम गराउन विज्ञता प्रदान गर्न सकिने उनले बताए। ‘नेपाली जनतालाई सूचना सुरक्षा विषयमा आइपर्ने समस्यामा समन्वयकारी भूमिका निर्वाह गर्ने अभिप्रायले संस्था खुलेको हो,' उनले भने।
सूचना सुरक्षा अहिलेको निकै गम्भीर चुनौतीको विषय हो। सरकारले कानुनीरुपमा सामान्य सुरक्षा प्रयास त थालेको छ। तर, प्रारम्भिक मात्रै। डाटा सेन्टर वा विद्युतीय तथ्यांक असम्बन्धित व्यक्तिको पहुँचबाट जोगाउनु अपरिहार्य छ। विद्यमान नीति नियमले विद्युतीय सूचना तथा तथ्यांक सुरक्षित राख्नु आफ्नो ठाउँमा छ तर प्रविधि प्रयोग गर्ने व्यक्ति नै यसमा बढी सचेत हुनुपर्ने सूचना प्रविधि विज्ञ बताउँछन्। विद्युतीय तथ्यांक सुरक्षित राखी वेबसाइटको समुचित प्रयोग गर्न डिजिटल हस्ताक्षरको प्रयोग आवश्यक छ। 
सूचना सुरक्षाको गुणस्तर कायम गर्न अहिले पब्लिक की इन्फ्रास्ट्रक्चर (पिकिआई) को विकास भइरहेको छ। यस्तो हस्ताक्षर उपयोग गर्न विद्युतीय कारोबार ऐनमा तोकिएको उपयोगकर्ताको विवरणसहितको फर्म भर्नुपर्छ। फर्म भरेपछि सम्बन्धित डाटा प्रयोग गर्ने व्यक्ति हो कि होइन पिकिआईले रुजु गर्छ र यस्तो सूचना पिकिआईमा अपलोड हुन्छ। यसपछि विद्युतीय कारोबार गर्ने कोड वा हस्ताक्षर पाइन्छ। सूचना सुरक्षाका लागि यो कोड अहिलेसम्मकै प्रभावकारी सुरक्षा उपाय हो।
विद्युतीय कारोबार गर्ने व्यक्ति, समूह वा निकाय सम्बन्धित नै हो भन्ने पिकिआई प्रणालीले पुष्टि गर्छ। यही आधारमा उसले २७ अक्षरको कोड वा डिजिटल हस्ताक्षर पाउँछ। कोडको उपयोगले कुनै पनि सरकारी वा निजी कार्यालय वा व्यक्तिले उसका विद्युतीय तथ्यांक सुरक्षित राख्न सक्छ। 
देशमा सूचना प्रविधिको विकास जति द्रुत गतिमा भइरहेको छ, त्यहीअनुपातमा सुरक्षा प्रणाली अपनाइएको छैन। निजी क्षेत्रले यस्ता केही प्रक्रिया अवलम्बन गरेको छ। तर सरकारी निकायमा स्रोत साधनको पर्याप्तता हुँदा पनि चेतना अभावले सुरक्षा संयन्त्र नअपनाइएको निजी क्षेत्रका अधिकारी बताउँछन्। ‘सरकारी निकायसँग स्रोत साधन हुँदाहुँदै पनि कानुनी जटिलताका कारण कार्यान्वयन हुन सकेको छैन,' एक कम्प्युटर इन्जिनियरले भने। सरकारी कार्यालयले सामान्य ह्याक हुने वा समस्या आउने पक्षलाई ख्याल नराखी वेबसाइड बनाइरहेका छन्। यसमा सुधार ल्याउन पनि डिजिडल हस्ताक्षर प्रयोग गर्नु जरुरी भइसकेको छ। यसको प्रयोगपछि उसका विद्युतीय तथ्यांक सुरक्षित रहन्छन्।
सरकारी तहमा हरेक ठाउँमा विद्युतीय क्रियाकलाप बढिरहेको छ। निजी क्षेत्रमा बैंक वित्तीय क्षेत्रदेखि अन्य क्षेत्रमा सूचना प्रविधिको विकास भएको छ। यसमा सँगैसँगै जानुपर्ने विषय सुरक्षा हो। सुरक्षा नहुँदा नै पटक–पटक सरकारी अनलाइन ह्याक भइरहेको अवस्था छ। प्रविधि प्रयोग गर्दा सचेत हुन जरुरी छ। प्रविधिको प्रयोगले असुरक्षा बढ्दा आम सर्वसाधारणमा प्रविधिले खतरा बढाउँदो रहेछ भन्ने भ्रम सर्वसाधारण वा जो कोहीमा हुनु हुँदैन। यो काममा समूहको भूमिका उल्लेखनीय हुने यसका पदाधिकारी बताउँछन्।
आफ्नो अनलाइनलाई सुरक्षित राख्न विदेशका अनुभवी व्यक्तिमार्फत परामर्श लिने, भरपर्दो पासवर्ड प्रयोग गर्ने काम निजी क्षेत्रले गरिरहेको छ। सरकारी निकायसँग स्रोत साधन हुँदाहुँदै पनि कानुनी जटिलताका कारण कार्यान्वयन हुन सकेको छैन। सरकारी कार्यालयले सामान्य ह्याक हुने वा समस्या आउने पक्षलाई ख्याल नराखी वेबसाइट बनाइरहेका छन्।


अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 




सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस