मोबाइलमा सबै छ
२८ चैत्र २०७१
•
१० मिनेट पाठ
मोबाइलमा सबै छ
नाडीबाट घडी हराउन थाल्यो, भित्तामा क्यालेन्डर देखिन छाडेको छ। कम्प्याक्ट क्यामेराको बजार खस्कँदो छ। एउटै मोबाइलले धेरै सुविधा दिन थालेपछि घडी, क्यालेन्डर र क्यामेरामात्र होइन, अरु धेरै साधन विस्थापित भइरहेका छन्।फोन गर्न र उठाउन अत्यावश्यक मानिएको मोबाइलमा थपिँदै गएका विभिन्न विशेषताले यसको प्रयोगको दायरा झन् फराकिलो पारेको छ। दैनिक व्यक्तिगत कामदेखि कार्यालयका कामसम्म ३ देखि ७ इन्चका मोबाइलमा हुन थालेपछि सरकारले कल्पना गरेको हातहातमा मोबाइलले सार्थकता पाउँदै गएको छ।
हरसमय मान्छेको साथमा हुने मोबाइलको नेपाली बजार उकालो ग्राफमा गइरहेको छ। प्रविधिको सुलभ र अत्यावश्यक मोबाइल फोनमार्फत आफन्त र साथीभाइसँग कुराकानीमात्र होइन, व्यवसाय बढाउने पुस्ता पनि बढ्दै गएका छन्।
मोबाइलमा के छैन? गीत सुन्न एमपी थ्री चाहिँदैन, भिडियो खिच्न भिडियो क्यामेरा चाहिँदैन, फोटो खिच्न क्यामेरा चाहिँदैन। यतिमात्र होइन इन्टरनेटको जमानाले यी सामाजिक सञ्जालमा रमाउनेदेखि विभिन्न गेम खेल्नका लागि पनि मोबाइल आवश्यक भइसक्यो। चोकमा तरकारी बेच्ने किसानले फोनबाट तरकारी अर्डर गरेर उपभोक्तालाई त्यही मोबाइलको क्याल्कुलेटरमा हिसाब गरेर बिक्री गर्छ।
बिहान उठेदेखि बेलुका सुत्दासम्म नभइनहुने साधन भएको छ, मोबाइल। बजारमा सस्तादेखि महँगा सेट आउन थालेपछि धेरै नेपालीको पहुँचमा मोबाइल पुगेको छ। मोबाइलको दायरा फराकिलो बनाउने श्रेय सेवाप्रदायक कम्पनीलाई जान्छ।
नेपालमा मोबाइल सेवा सुरु भएको डेढ दशकमै दूरसञ्चार घनत्व २ अंकले वृद्धिमात्र भएको छैन, मोबाइलको सेट र सेवामा भारी गिरावटसमेत आएको छ। अहिले हातहातमा मोबाइल पुगेको छ। नेपालमा सूचनाप्रविधि विकासको मानक मानिने मोबाइल क्रान्ति र यसका दुई सेवा भ्वाइस र डाटाले दैनिकी सहज बनाइदिएको छ।
कुनै बेला थियो। मोबाइलको सिम निकाल्न ठूलै रकम धरौटी राख्नुपर्थ्यो, त्यसमा पनि सोर्सफोर्स चलाउनुपर्ने। अहिले त्यो जमाना छैन। पानपसलदेखि किराना पसलसम्म एउटा फर्म भरेको आधारमा एक सयमा टक भ्याल्युसहितको सिम पाइन्छ। हालसम्म देशको जनसंख्याको ९५.१८ प्रतिशत मोबाइल सिम वितरण भइसकेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने जिएसएम र सिडिएमए मोबाइलको २ करोड ३१ लाख ९६ हजार ३६ र एलएमएस र जिएमपिसीएस सेवा २० लाख २१ हजार ५ सय ३१ पुगेको छ। यो तथ्यांकले पनि देखाउँछ कि मोबाइल सहरमा मात्र होइन ग्रामीण भेगका कुनाकाप्चासम्म पुगेको छ।
साठीको दशकअघि एक मात्र दूरसञ्चार सेवाप्रदायक थियो। अहिले ६ वटाले सेवा दिइरहेका छन्। दस वर्षअघि दूरसञ्चारमा चारवटा मात्र सेवा थिए, अहिले १३ वटा छन्। सेवा प्रदायकको प्रतिस्पर्धात्मक बजार र दूरसञ्चारमा थपिँदै गएका विभिन्न सेवाले उपभोक्तालाई आकर्षित गर्दै गइरहेको छ। नेपाल टेलिकम, एनसेल, युटिएल, स्मार्ट, हेलो र एसटिएम कम्पनीले दूरसञ्चार सेवा दिइरहेका छन्।
प्राधिकरणका निर्देशक आनन्दराज खनालले सेवाप्रदायकले मूल्यमा दिएको सुविधा र सस्तो मोबाइल सेट दुवैका कारण मोबाइलको बजार बढिरहेको बताउँछन्। ‘अझ विभिन्न विशेषता थपिएका मोबाइल सेट आयात हुन थालेपछि सेवा विस्तार तीव्र भएको छ,' उनले भने।
सुरुआती दिनमा मोबाइल लिन एकमुष्ट ५० हजारभन्दा बढी तिर्नुपर्थ्यो। आउटगोइङ र इनकमिङ कलको १० र ५ रुपैयाँ थियो। अहिले मोबाइल सेवा दशकअघिको तुलनामा सर्वसुलभ छ। सरकार उदारीकरण र निजीकरण नीतिमा गएपछि दूरसञ्चार सेवामा निजी क्षेत्रसमेत भित्याउन र सेवालाई नियमित र व्यवस्थित गर्न २०५३ मा नया“ दूरसञ्चार ऐन पारित भयो। त्यससँगै नेपाल दूरसञ्चार प्राधिकरण स्थापनापछि सुरु गरिएको पेजिङ सेवा र २०५६ सालदेखि सुरु तारविहीन मोबाइलसहितका अन्य सेवाले नेपालमा डिजिटल समाज निर्माण गरिरहेका छन्।  
फैलँदो मोबाइल सेवाले बहुआयामिक प्रभाव पारेको छ। कृषि, स्वास्थ्य, शिक्षा, सरकारी सेवासम्मलाई यसले छपक्कै छोपेको छ। बैंक तथा वित्तीय सेवामा पनि यसको उपस्थिति छ। एउटै मोबाइलमा वालेट र बैंकिङ सेवा हुन थालेपछि उपभोक्ता झन्झटमुक्त हुन थालेका छन्।
सामसङ मोबाइल एन्ड इलेक्ट्रोनिक्स न्युरोडका गुरुदत्त शर्मा भन्छन्, ‘नेपाली बजारमा महँगादेखि सस्ता मोबाइल सेट भित्रिरहेका छन्। विश्वका हरेक ब्रान्ड घरेलु बजारमा उपलब्ध हुन थालेपछि उपभोक्तालाई छनोटको विकल्पमा पनि सजिलो भएको छ।'
नेपालीको क्रयशक्तिअनुसार नै मोबाइल सेट बजारमा पाइन्छ, ब्रान्ड र विशेषता खोज्नेका लागि पनि उस्तै सुविधा छ, त्यसैले मोबाइल सेटको बजार पछिल्लोपटक अकल्पनीय रूपमा बढेको छ।
भन्सार विभागका अनुसार एक वर्षमा २२ लाख सेट नेपालमा आयात हुन्छ। यसमा पनि भन्सार छलेर ल्याउनेको संख्या ठूलो छ। नेपाली बजारमा अहिले ३० वटा मोबाइल ब्रान्ड बिक्री भइरहेको व्यवसायी बताउँछन्। समग्रमा मोबाइलको बजार वार्षिक १२ अर्ब हाराहारी रहेको बिक्रेताको दाबी छ।
टेली टुका अध्यक्ष पुरुषोत्तम बस्नेत भन्छन्, ‘नेपालमा हरेक महिना ३ लाख मोबाइल सेट बिक्री भइरहेको छ। विभिन्न विशेषता र सुविधाका कारण ७० प्रतिशतभन्दा बढी स्मार्टफोनको बजार हिस्सा छ। नेपालमा वार्षिक मोबाइल कारोबार १२ अर्ब हुन्छ, कतिपय ब्रान्डका छन् भने केही बिनाब्रान्डका पनि छन्।' यसमा पनि मुख्यतः ७ वटा ब्रान्डको प्रमुख बजार हिस्सा रहेको उनी बताउँछन्। सामसुङ, हुवावे, सोनी, एप्पल, एलजी, माइक्रोम्याक्स र कलर्सको बजार हिस्सा धेरै छ।
मोबाइल फोन सञ्चारको साधनसँगै रहनसहन र कामकाजमा बढी प्रयोग हुन थालेपछि ग्लोबलदेखि घरेलु बजारमा यसको बिक्री बढ्दै गएको हो। स्मार्टफोनमा हुने अनेकथरी सुविधाले उपभोक्ता आकर्षित भएपछि मोबाइलविना रहनै नसक्ने अवस्था आएको व्यवसायी बताउँछन्। प्राधिकरणका अनुसार मोबाइलमा मात्र इन्टरनेट चलाउनेको संख्या जनसंख्याको ३८.७८ अर्थात १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको छ।
भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्मा भन्छन्, ‘पढ्दै नपढेकाले पनि फेसबुकलगायत विभिन्न सामाजिक सन्जाल र वेबसाइटमा रमाउने भएपछि मोबाइलको प्रभाव ह्वात्तै बढेको छ।' कुनै बेला मोबाइल सामाजिक प्रतिष्ठाको विषय थियो, अहिले सबैको पहुँचमा छ। यो अब विलासिताको साधन रहेन, उपभोक्ताको अत्यावश्यक वस्तु बनेको छ।
नेपाली बजारमा ग्लोबलदेखि भारत र चीनका ब्रान्डको उपस्थिति छ। यी ब्रान्डमा १ हजारदेखि १ लाखसम्मका मोबाइल सेट उपलब्ध हुन्छन्। सानो बजारमा धेरै ब्रान्डको प्रतिस्पर्धा चुलिँदा त्यसको प्रत्यक्ष फाइदा ग्राहकलाई परेको छ, जसले सस्तोमा मोबाइल सेट पाइरहेका छन्।
अर्को समाचार
सवारी चलाउँदै मोबाइलमा कुरा गर्ने कारबाहीमा
२७ भदौ २०६७
•
४ मिनेट पाठ
सवारी चलाउँदै मोबाइलमा कुरा गर्ने कारबाहीमा
सन्तोष पोखरेल, पोखरा, भदौ २८- सवारी साधन चलाउँदा मोबाइलमा कुरा गर्नेहरूमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ। मोबाइलमा गफ गर्दै सवारी चलाउँदा ध्यान अन्यत्र मोडिन गई दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले कारबाही अघि बढाएको हो।

'चालकको ध्यान मोबाइलमा केन्द्रीत हुँदा दुर्घटना बढेको पायौ,' ट्राफिक प्रहरी कार्यालय कास्कीका निरीक्षक कमलप्रसाद गिरीले नागरिकसँग भने, 'त्यसैले कारबाही गर्न थालेका हौं।'
मोबाइलमा कुरा गर्दै सवारी चलाउँदा गम्भीर प्रकृतिका दुर्घटना भएको ट्राफिक प्रहरीको ठहर छ। निरीक्षक गिरीका अनुसार पछिल्लो ३ महिनाभित्र मोबाइलकै कारण भएको दुर्घटनामा दुई युवकले ज्यान गुमाएका छन् भने दुई सख्त घाइते भएका छन्। मोबाइलमा कुरा गरिरहेको चालक अकस्मात गाडी रोक्नुपर्दा चालक हतासिने गरेको गिरीले बताए।
'यसै त साँघुरो सडक, त्यसमा पनि एक हातले सवारी चलाउँदा दुर्घटना हुने नै भए,' गिरीले भने। चलाउँदा फोन आए सवारीलाई छेउ लगाएर कुरा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ।
गिरीका अनुसार पछिल्लो दुई सातामा मोबाइलमा गफिँदै सवारी चलाउने ४४ चालक कारबाहीमा परेका छन्। तीमध्ये अधिकांश चारपाङ्ग्रे साना सवारीका चालक छन्। अहिलेसम्म ट्याक्सीचालक १६, निजी कारचालक १३, मोटरसाइकल चालक १४ र मिनी बसका एक चालक कारबाहीमा परेका छन्।
चारपाङ्ग्रे सवारी लड्ने नभई ठोकिने भएकाले बढी दुर्घटनामा परेको उनले बताए। 'मोटरसाइकल चालकले हेल्मेटले मोबाइल च्यापेर कुरा गर्छन्,' गिरीले भने, 'तर चारपाङ्ग्रे सवारीका चालकले एक हातले मोबाइल समाउने र अर्को हातले 'स्टेरिङ' घुमाउने हुँदा दुर्घटनामा परेका छन्।'
ट्राफिक प्रहरीले यस्ता सवारी चालकलाई पहिलोपटकका लागि दुई सय रुपैयाँ जरिवाना तोकेको छ। एउटै चालकले दोश्रोपटक पनि सोही गल्ती दोहोर्‍याए पाँच सय, तेश्रोपटकमा १ हजार, चौथोपटकमा ४ हजार र पाँचौपटकका लागि ५ हजार रुपैयाँ जरिवाना तोकेको छ।
'एकै चालकले ६ पटकसम्म गल्ती गरेको पाइए, उसको चालक अनुमतिपत्रमा प्वाल पार्ने र जफत गर्ने हो,' गिरीले भने, 'सकेसम्म घटना नदोहोरिउन् भनेर जरिवाना शुल्क भिन्दाभिन्दै राखेका छौ।'
यस्ता सवारी चालकलाई कारबाही गर्ने कानुन नहुँदा अप्ठेरो परेको ट्राफिक प्रहरीले जनाएको छ। 'मोबाइलमा कुरा गर्दै सवारी चलाउनेलाई के कारबाही गर्ने भन्ने कानुन नै छैन,' उनले भने, 'तर दुर्घटना बढेकाले हामीले कारबाही सुरु गर्‍यौ।'
कारबाही गर्दा 'ट्राफिक नियम उल्लंघन गरेको' भन्दै शुल्क लिने गरेको उनले बताए। मोबाइलमा गफिँदै सवारी चलाउने चालक पक्रन बिहान र बेलुकी थप ट्राफिक प्रहरीसमेत परिचालन गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस