बाइनान्स ह्याकपछि मस्कले ‘ट्रोल’ गर्दा चिढिए झाओ, विगत सम्झाउँदै भने : मजाक नगर्नुस्
१४ कार्तिक २०८३
•
३ मिनेट पाठ
बाइनान्स ह्याकपछि मस्कले ‘ट्रोल’ गर्दा चिढिए झाओ, विगत सम्झाउँदै भने : मजाक नगर्नुस्
छ अर्ब ३० करोड डलरभन्दा बढीको क्रिप्टोकरेन्सी चोरी भएपछि बाइनान्सका सह-संस्थापक चाङपेङ झाओले अर्बपति एलन मस्कलाई मजाक नउडाउन आग्रह गरेका छन्।




उनले मस्कलाई सन् २०२२ मा ट्विटर (हाल एक्स) खरिद गर्दा बाइनान्सले गरेको ५० करोड डलरको लगानीसमेत सम्झाउँदै यस्तो बताएका हुन्। शुक्रबार मस्कले बाइनान्समा भएको साइबर आक्रमणबारे विभिन्न पोस्टमा व्यंग्यात्मक टिप्पणी र इमोजी प्रयोग गरेपछि झाओले प्रतिक्रिया दिएका थिए। करिब २० मिनेटमै छ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति सारिएको यो घटनालाई अहिलेसम्मकै ठुलो क्रिप्टोकरेन्सी चोरी मानिएको छ। यस चोरीमा उत्तर कोरिया संलग्न भएको आशंका गरिएको छ। 

यो पनि पढ्नुहोस्

२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता !

मस्कका टिप्पणीपछि झाओले एक्समा लेखेका छन्, 'एलन, तपाईंप्रति मेरो धेरै सम्मान छ, तर मजाक गर्ने समय ठीक छैन। कृपया यस्तो नगर्नुहोस्।' उनले मस्कको ट्विटर खरिदमा बाइनान्सले आर्थिक सहयोग गरेको कुरा पनि सम्झाएका छन्।

सन् २०२२ मा मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्दा बाइनान्सले ५० करोड डलर लगानी गरेको थियो। त्यसपछिका कम्पनीगत परिवर्तनसँगै उक्त लगानी स्पेसएक्सको सेयरसँग जोडिएको झाओले बताएका छन्। उनका अनुसार उक्त सेयरको मूल्य अहिले एक अर्ब डलरभन्दा बढी पुगेको छ।

यो विवाद बाइनान्समा भएको आक्रमणको खबर सार्वजनिक हुनुअघि नै सुरु भएको थियो। बुधबार झाओले एक एक्स प्रयोगकर्तालाई इमेलमा आएका लिंक खोल्दा वा फाइल डाउनलोड गर्दा सावधानी अपनाउन सुझाव दिएका थिए। पठाउने व्यक्ति विश्वसनीय देखिए पनि सतर्क रहन उनले आग्रह गरेका थिए।

मस्कले उक्त पोस्टमा आगो र हाँसोका इमोजी प्रयोग गरेर प्रतिक्रिया दिएका थिए। आक्रमणको खबर सार्वजनिक भएपछि उनले 'हरेक दिन नयाँ सुरक्षा जोखिम हुन्छ' भन्दै अर्को व्यंग्यात्मक टिप्पणी गरे। सफ्टवेयर वा प्रणालीमा विकासकर्तालाई थाहा हुनुअघि नै आक्रमणकारीले पत्ता लगाएको सुरक्षा कमजोरीलाई शून्य-दिनको जोखिम भनिन्छ।

मस्कले बाइनान्सले चोरीको क्षति बेहोर्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि व्यंग्यात्मक प्रतिक्रिया दिएका थिए। त्यसपछि झाओले आफ्नो पुरानो सुरक्षा चेतावनीलाई गलत अर्थ नलगाउन आग्रह गर्दै आक्रमणमा शंकास्पद लिंक खोल्ने व्यक्तिको मात्र गल्ती नहुने बताए। यस्ता आक्रमणमा कुनै उपकरण वा प्रणालीको सुरक्षा कमजोर बनाइएको हुन सक्ने उनको भनाइ थियो।

बाइनान्सका सहकार्यकारी प्रमुख रिचर्ड टेङका अनुसार प्रारम्भिक अनुसन्धानले सुरक्षा घटनामा प्रभावित प्राविधिक इन्जिनियरको ल्यापटप प्रयोग भएको हुन सक्ने देखाएको छ। त्यसबाट आक्रमणकारीले कम्पनीको सेवा प्रणालीमा पहुँच बनाएर अनुमति नलिएका कारोबार गर्न सकेको प्रारम्भिक अनुमान छ।

आक्रमणपछि चोरी भएका सम्पत्तिमध्ये करिब तीन अर्ब डलर बराबरको रकम रोकिएको बाइनान्सले जनाएको छ। कम्पनीले प्रयोगकर्ताको पुष्टि भएको सम्पूर्ण क्षति बेहोर्ने प्रतिबद्धता पनि जनाएको छ।

झाओले रोकिएको रकम र प्रयोगकर्ताको सम्पत्ति सुरक्षाका लागि छुट्याइएको कोषमा रहेको एक अर्ब डलरभन्दा बढी रकमबारे उल्लेख गरेका छन्। उनका अनुसार बाँकी सम्भावित क्षति करिब दुई अर्ब डलर हुन सक्छ।

बाइनान्सका सहकार्यकारी प्रमुख यी हेले कम्पनीको वार्षिक आम्दानीले नै सम्भावित क्षति बेहोर्न पर्याप्त हुने बताएकी छन्। त्यसैले क्षति पूरा गर्न स्पेसएक्सको सेयर बेच्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। झाओले पनि आफूले उक्त सेयर बेच्ने प्रस्ताव नगरेको स्पष्ट पारेका छन्।

बाइनान्सले प्रयोगकर्ताको सम्पत्ति सुरक्षित राख्न र प्रभावित रकम फिर्ता ल्याउन काम गरिरहेको जनाएको छ।
अर्को समाचार
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
०८ मंसिर २०८३
•
१ मिनेट पाठ
एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्। 




सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।

स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’

उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।

हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।

हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस