२० वर्ष पछि नेपालमा सागः हतारो तयारीले जोगिएला साख?
२६ कार्तिक २०७६
•
९ मिनेट पाठ
२० वर्ष पछि नेपालमा सागः हतारो तयारीले जोगिएला साख?
काठमाडौं– आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ।

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो।

दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक नेपालबाटै शुरुआत हुनु र २० वर्षपछि आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै भव्य बनाउने तयारीमा युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् (राखेप), ओलम्पिक कमिटी तथा खेल सङ्घहरु रहेका छन्।

सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ संस्करणबाट १३औँ साग आयोजना गर्ने जिम्मेवारी प्राप्त भएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पबाट खेल संरचनामा क्षति पुगेपछि पछाडि धकेलिएको थियो।

सरकारले चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै यसै वर्ष आयोजना गर्ने उल्लेख गरेपछि प्रतियोगिता तयारी शुरु भए पनि हालसम्म केही खेलका पूर्वाधार निर्माण चरणमै छन्।

तथापि सागअगावै २७ वटै खेलका संरचना तयार भइसक्ने भएकाले पूर्वाधारको अभाव नहुने सरकारले स्पष्ट पारेको छ। खेलमैदान सँगसँगै अभ्यासस्थलको समेत निर्माण सम्पन्न भएकाले तयारीका लागि कुनै बाधा नपर्ने बताइन्छ।

गत हप्ता सागको नियमनकारी निकाय दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले तोकिएको मितिमै साग आयोजना निर्णय गरेपछि तयारी र खेल पूर्वाधारप्रतिको आशङ्कामा पूर्णविराम लागेर प्रतियोगिताको सुनिश्चितता भएको हो।

प्रतियोगितालाई लक्षित गरेर खेल पूर्वाधार निर्माण, खेलस्थल तथा खेलाडीको सुरक्षा,  पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन तथा खेलस्थलको सौन्दर्यकरणलगायतका व्यवस्थापकीय तथा तयारीका कामलाई अन्तिम रूप दिइएको सरकारको भनाइ छ। देशको प्रतिष्ठा र गौरवसँग जोडिएको प्रतियोगितालाई सफल बनाउने गरी सरकारी संयन्त्र परिचालन गरिएको छ।

खेलका पूर्वाधार, व्यस्थापन तथा टोलीको तयारी सबै हिसाबले प्रतियोगिता भव्य बनाउने सरकारी योजना छ। सागका लागि काठमाडौँमा आयोजक समिति तथा पोखरामा सहजीकरण समिति तथा उपसमितिले आ–आफ्नो जिम्माका काम गरिरहेका छन्। साग आयोजना, व्यवस्थापन तथा सञ्चालन राष्ट्रिय दायित्व भएको बताउँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तयार हुन बाँकी रहेका पूर्वाधारसमेत एक साताभित्रमा निर्माण सकिने भएकाले राष्ट्रको प्रतिष्ठा रहेको साग भव्यताका साथ आयोजना गरिने बताउँछन्।  

सागको मिति आउन दुई साता समय बाँकी रहँदा प्रतियोगितालाई कसरी भव्य बनाउने र सहभागी देशहरुबाट तयारीका बारेमा कुनै पनि प्रश्न आउन नदिने योजनामा सरकार छ।

‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित सरकारले प्रतियोगितालाई अविष्मरणीय बनाउने लक्ष्यअनुसार तयारी गरेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने,‘साग आयोजना गर्ने बक्र्यौता जिम्मेवारी वर्तमान सरकारको हो, दुई वर्षअघि हुनुपर्ने साग वर्तमान सरकार गठनपछि डेढ वर्षमा पूर्वाधार तयार गरेर भव्य हुँदैछ, कसैले प्रश्न गर्न नपर्ने गरी सम्पन्न गर्दछौँ।’

साग पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको बताइन्छ। प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ साग उद्घाटन गरिने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताए।

उनले भने,‘सागका लागि पहिलो प्राथमिकता खेल पूर्वाधार हुन्, अधिकांश सम्पन्न भइसकेका छन्, अब एक/दुई मात्र बाँकी छन्, बाँकी अवधिमा प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गरेर देशको इज्जत र प्रतिष्ठा कायम राख्छौँ।’ 

प्रतियोगितामा सहभागी हुने देशका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने गरी राजधानीमा ४५ होटल बुकिङ गरिसकिएको राखेपको भनाइ छ।

राजधानीको दशरथ रङ्गशाला र पोखराको फुटबल रङ्गशालाबाहेक प्रतियोगिताका लागि आवश्यक अन्य खेल पूर्वाधार सम्पन्न भइसकेकाले पनि साग भव्य हुने बताइन्छ। दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने कार्य आगामी मङ्सिर ५ गतेभित्र सम्पन्न हुने र १६ हजार सिटमध्ये आधाभन्दा बढी हालिसकिएकाले अब बाहिरी सौन्दर्यकरणको काम धमाधम हुने सिलवालले जानकारी दिए। 

पोखरा फुटबल रङ्गशालासमेत आगामी मङ्सिर १० भित्रमा खेल्न मिल्ने गरी उपलब्ध हुने भएकाले पूर्वाधारको अभाव नहुने सदस्य सचिव सिलवालले बताए। सरकारले दशरथ रङ्गशाला र पोखरामा एकैपटक साग उद्घाटन गर्ने योजना बनाएको छ। सागमा कूल २७ खेल समावेश भएकामा काठमाडौँमा १७, पोखरामा नौ र जनकपुरमा एक खेल आयोजना हुनेछ।

जनकपुरमा कुस्ती खेल हुनेछ भने पोखरामा महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, आर्चरी, भारत्तोलन, प्याराग्लाङडिङ, ट्रायथलन, बीच भलिबल र ब्याडमिन्टन हुनेछ। बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन्।  

पोखरामा आयोजना हुने तय भएको प्याराग्लाइडिङ खेल मङ्सिर १४ देखि २३ गतेसम्म हुने बताइए पनि प्याराग्लाइडिङ खेल हुने÷नहुनेबारे अझै टुङ्गो लागिसकेको छैन।

व्याडमिन्टन खेल मङ्सिर १५ गतेबाट पोखरास्थित व्याडमिन्टन कभर्डहलमा हुनेछ भने महिला क्रिकेट १६ गते पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ। बीच भलिबल र भारोत्तोलन खेल १९ गतेबाट पोखरामा हुनेछन्।

भलिबल पोखराको बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन खेल माटेपानीस्थित एक क्याटरिङको हलमा हुने साग पोखरा प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिए।

महिला फुटबल मङ्सिर १९ बाट शुरु भएर २४ गते सकिनेछ। महिला पुरुष ह्याण्डबल १८ गतेबाट शुरु हुनेछ। साग औपचारिक उद्घाटन अगावै मङ्सिर १३ गतेबाट पुरुष तथा महिला भलिबल र उसुका खेल शुरु हुनेछन्। भलिबल त्रिपुरेश्वरस्थित कभर्डहल तथा उसु लगनखेलस्थित आर्मी कभर्डहलमा हुने तालिका रहेको छ। रासस
अर्को समाचार
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
१२ मंसिर २०८३
•
१ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए। 

सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए।
संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’
सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।

https://www.youtube.com/watch?v=_rLtE2Xsxo0
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस