होसियार ! फेसबुक पासवर्ड चोरको बिगबिगी (भिडियो रिपोर्ट)
१३ साउन २०७२
•
४ मिनेट पाठ
होसियार ! फेसबुक पासवर्ड चोरको बिगबिगी (भिडियो रिपोर्ट)
काठमाडाैं— 'पुजा अर्जेन्ट छ एकपटक मलाई तेरो फेसबुक पासवर्ड दे न,' मिल्ने साथी सुष्माले फेसबुक च्याटमा हतारिँदै पासवर्ड मागिन्। 'अर्जेन्ट भनेपछि मैले पासवर्ड दिएँ,' नागरिकन्युजलाई पुजाले सुनाइन् 'म बर्बाद भएँ, साथी बनेर ह्याकरले पासवर्ड मागेको रहेछ।'राजधानीको टेकुस्थित महानगरीय अपराध महाशाखाको साइबर क्राइम सेलमा साथीहरुसँगै उजुरी दर्ता गर्न आएकी पुजाको अनुहार उदास थियो।

'मेरो फेसबुकबाट साथीहरु र आफन्तलाई अश्लिल म्यासेज र भिडियो पठाएको छ,' कलेज विद्यार्थी उनले मलिन स्वरमा भनिन् 'सबैले मलाई फोन गरेर छ्या के म्यासेज पठाएको भन्छन् ।'

पूजाको फेसबुक प्रोफायलमा अहिले नग्न तस्विरसहित आपत्तिजनक पोस्ट देखिन्छन्। उसले उनलाई तनाब दिइरहेको छ।

चोरले पासवर्ड परिवर्तन गरेर उनको प्रोफायल पिक्चरमा नग्न तस्विर अपलोड गरिदिएको हो।

facebook

सामाजिक सञ्जाल फेसबुकका कारण नवलपरासी सुनवलकी पुजा, उनको परिवार र सथीहरु तनाबमा छन्। धेरैदिन भैसक्यो उनीहरु प्रहरीमा धाउन थालेको।

उनको फेसबुक अकाउन्ट प्रयोग गरी १५ जनाभन्दा बढी साथीको पासवर्ड चोरले फुत्काएको छ। अरुको आईडिबाट पनि उस्तैगरी पासवर्ड मागेर कैयौंले यातना पाएका छन्।

चौबिसै घण्टा अनलाइन देखिने अर्कैको कब्जामा रहेको आफ्नै आइडिमा पूजाले बुबाको फेसबुकबाट म्यासेज पठाइन्–'मेरो फेसबुक फिर्ता गर नत्र साइबर क्राइममा मुद्धा हाल्छु।' त्यसपछि के भो ? उनले भनिन् 'तुरुन्तै बुबाको फेसबुक नै ह्याक गरिदियो ।'

'ह्याकरले पासवर्ड पाएपछि च्याट हिस्ट्री हेरेर कोसँग कसरी कुरा गर्ने पत्तो पाउँदो रैछ,' अर्की पीडित रश्मी भन्छिन् 'साथीसँग तिमी, तँ भनेर कुरा गर्छ, आफन्त र अफूभन्दा ठूलासँग तपाँइ भनेर कुरा गर्दै पासवर्ड माग्दो रैछ ।'

साथी र आफन्तका पासवर्ड कब्जा गरेर एकअर्कामा गोप्य कुराहरु शेयर गर्ने, अश्लिल र गालीगलौजका म्यासेज पठाउने गरेको पीडित युवतीको गुनासो छ। 'केटीहरुबीच कस्तो कुरा हुँदोरैछ जान्नलाई ह्याक गरेको हुँ भन्छ,' रश्मी भन्छिन्, 'च्याट हिस्ट्री हेरेर निजी कुरा सार्वजनिक गर्दिने धम्की दिन्छ।'

पासवर्ड प्रसाद जस्तो नबाँड्नोस्: प्रहरी


झुक्याएर पासवर्ड लिँदै दुरुपयोग गर्नेलाई अहिले महानगरीय अपराध महाशाखाले खोजी सुरु गरेको छ। 'लिखित उजुरी दर्ता गरेका छौं,' साइबर अपराध अनुसन्धान सेल प्रमुख प्रहरी निरीक्षक पशुपति रोयले नागरिकन्युजसँग भने 'पछिल्लो समय फेसबुकबाट पीडित भएका उजुरी बढेका छन्।'

उनी भन्छन् 'पासवर्ड प्रसाद जस्तो हैन, अरुलाई बाँड्नै हुन्न ।'

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाश अधिकारी कतिपय घटना फेसबुक प्रयोगकर्ताको लापरवाहीले हुने गरेका बताउँछन्। 'मिल्ने साथी भन्दैमा पासवर्ड बाँड्ने र साझेदारीमा एउटै एकाउण्ट चलाउने गर्नु हुँदैन,' उनी भन्छन् 'सम्बन्ध बिग्रिएपछि सबै गोप्यताहरु भङ्ग गरेर आफन्त र साथीबाटै पीडित हुनेहरु धेरै छन् ।'

बढ्दो फेसबुक अपराधबारे रिपोर्ट (भिडियो)

अर्को समाचार
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
१२ मंसिर २०८३
•
१ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए। 

सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए।
संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’
सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।

https://www.youtube.com/watch?v=_rLtE2Xsxo0
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस