४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

निसमालाेचक प्रभातको अलिकति फरक कुराकाे लाेकार्पण

सम्पूर्ण किताब नारायणगढले निसमालाेचक रमेश प्रभातको अलिकति फरक कुरा निसमालोचनाको लाेकार्पण गरेको छ।

समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवं निबन्धकार सृजन लम्सालले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

समीक्षक सरोज दवाडीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए।

त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिबारे पाठकीय टिप्पणी गरेका थिए। एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए।

उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो? समालोचना र निसमालोचनाको अन्तर के हो भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिकाे छोटो टिप्पणी गरेका थिए।

प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको बताए।

निसमालाेचक रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएकाले निसमालोचना लेख्नुपरेको बताए। उनले यसमा सिर्जनाको सुवास हुने पनि प्रस्टयाए।

कवि एवं निबन्धकार सृजन लम्सालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सहजीकरण लेखराम सापकोटाले गरेका थिए।

श्रीमती रेखा श्रेष्ठ प्रकाशक रहेको उक्त कृतिमा सत्ताइस निसमालोचना समेटिएका छन्। जम्मा १३२ पृष्ठ रहेको उक्त कृतिको मूल्य तीन सय रुपैयाँ राखिएको छ। यसको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ।

प्रकाशित: १९ वैशाख २०८१ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App