४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्याे

नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ घटाएको हो।

भारतीय आलय कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रुपैयाँ र डिजेलमा २ रुपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढेकाे छ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ।

प्रकाशित: १८ वैशाख २०८१ २१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App