४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआइसिसिआईबीच सम्झौता

नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआइसिसिआईबीच व्यापारीक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मंगलबार नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा सम्पन्न ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ मा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा बोल्दै नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणाले भारत र नेपालको व्यापारका लागि जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताइन्।

त्यस्तै एमआइसिसिआई का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत-नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्त्व रहेको बताए।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न आग्रह गरे। ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआई) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जनाप्रतिनिधिको सहभागिता थियो।

नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरूका लागि लगानी सम्मेलनको एक दिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो।

प्रकाशित: १९ वैशाख २०८१ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App