४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होस्टल एसोसिएसनको नेतृत्वमा लाकौल

होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। मंगलबार काठमाडौंमा सम्पन्न एसोसिएसनको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनबाट नेपाल होस्टल एसोसिएसनको केन्द्रीय अध्यक्षमा सुनिता लाकौलको नेतृत्वमा १२ सदस्यीय केन्द्रीय कार्य समिति चयन भएको छ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बोहोरा चयन भएका छन्। त्यसैगरी, महिला उपाध्यक्षमा जया पौडेल र महासचिवमा प्रकाश पौडेल निर्वाचित भएका छन्। सचिवमा भने काठमाडौं जिल्लाका पूर्व अध्यक्ष राजु भुजेल, कोषाध्यक्षमा मिना पङ्गेनी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

सदस्यहरूमा राज गुप्ता, सोभिता पण्डित, रन्जु घिमिरे, मनिषकुमार शाही, राम प्रसाद पाण्डे र अक्षकुमार शाही रहेका छन्। एसोसिएसनमा निवर्तमान अध्यक्षसमेत नयाँ कार्यसमितिमा रहने वैधानिक व्यवस्था छ। नव निर्वाचित अध्यक्ष लाकौलले होस्टेल व्यवसायीको हकहितमा काम गर्ने बताइन्। उनले होस्टल व्यवसायीलाई थप जिम्मेवार, मर्यादित र पूर्ण रूपमा व्यावसायिक बन्नसमेत आह्वान गरिन्।

होस्टल व्यवसायीलाई पूर्ण व्यावसायिक बनाउन नयाँ कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाइन्। मुलुकभर करिब सात सयभन्दा बढी एसोसिएसनका सदस्य रहेका छन्।

होस्टल व्यवसायीको छाता संस्थाका काठमाडौं, ललितपुर, चितवन, रूपन्देही, मोरङ, काभ्रे जिल्ला समितिहरू रहेको एसोसिएसनका नवनिर्वाचित महासचिव प्रकाश पौडेलले बताए। अधिवेशनको उद्घाटन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गरेका थिए। शर्माले होस्टेलले सेवा विद्यार्थीहरूका लागि विशेष योगदान पुर्‍याएको बताए।

प्रकाशित: १९ वैशाख २०८१ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App