४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंमा रियल इस्टेट सम्मेलन हुने

आगामी वैशाख २३ र २४ मा नेपाल रियल इस्टेट सम्मेलन २०२४ हुने भएको छ। नेपाल जग्गा आवास तथा विकास महासंघको आयोजनमा काठमाडौंको होटल हिमालयमा सम्मेलन आयोजना हुने भएको हो।

पछिल्लो पटक घरजग्गाको कारोबार सुस्ताएको अवस्थामा आयोजना गर्न लागिएको सम्मेलनले कारोबारमा केही आशा जगाउने विश्वास लिइएको सम्मेलनका संयोजक ओमराज भण्डारीले बताए। सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायी सहभागी हुने उनले बताए।

अर्थतन्त्रमा देखिएको समस्याका कारण अहिले घरजग्गा कारोबारमा मन्दी देखिएकाले व्यवसायीहरूको अन्तर्राष्ट्रिय अनुभवहरू साटासाट गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको उनले बताए।

रियल इस्टेट सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल इस्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’ बारेमा स्वदेशी तथा विदेशी विज्ञ तथा सहभागीबीच खुला छलफल हुने उनको भनाइ छ। सम्मेलनमा रियल इस्टेट क्षेत्रमा ख्याति प्राप्त विदेशी विज्ञहरूको समेत सहभागिता रहने जनाइएको छ।

सम्मेलनमा सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकसँग पनि अन्तक्रिया गर्ने गरी छलफल हुनेछ। जसबाट रियल इस्टेट क्षेत्रको विकासका लागि नीतिनिर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे प्रष्ट कार्यदिशा तयार गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

सम्मेलनको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गर्नेछन् भने समापन सहरी विकास मन्त्री धनबहादुर बुढाले गर्ने तय भएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषबहादुर लोहनीले बताए।

प्रकाशित: १९ वैशाख २०८१ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App